लागु औषधको कुलत नरोकिए परिणाम भयावह हुनेः पूर्व एसएसपी कुँवर

लागु औषधको कुलत नरोकिए परिणाम भयावह हुनेः पूर्व एसएसपी कुँवर
Bwtech New Add With Software & Bull SMS

राजविराज, ५ वैशाख । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले मधेशमा लागु औषध सेवन गर्ने किशोर तथा युवाहरुको संख्या अत्यधिक रहेको भन्दै यसलाई समयमै नरोकिए यसको परिणाम भयावह हुने बताएका छन् ।
राजविराज स्थित जिल्ला प्रहरी कार्यालयमा आइतवार आयोजित पत्रकार भेंटघाट कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । भविष्यका कर्णधार मानिने स्कूल तथा कलेजमा पढ्ने ठूलो संख्यामा किशोर तथा युवाहरुले गाँजा तथा ड्रग्सको कुलतमा फँसेको उनले बताए । आफ्ना सन्ततीको भविष्यप्रति अभिभावकहरु सचेत नभए उनीहरुको जीवन नै समाप्त हुनसक्ने अवस्था आउने बताउँदै पूर्व वरिष्ठ प्रहरी उपरीक्षक कुँवरले भने ‘मधेशमा गाँजा सेवन तथा ड्रग्स सेवन गर्नेहरुको संख्या अत्यधिक छ, यसलाई रोक्न सामाजिक रुपमा आ–आफ्नो स्थानबाट अभियान चलाउनु जरुरी छ ।
आफ्ना सन्तान लागु औषध सेवन गरिरहेको छ वा छैन भन्ने विषयमा सचेत रहन आग्रह गर्दै उनले भने ‘गाँजा सेवन गर्ने व्यक्तिको शरिरमा मिनरल र भिटामिन नष्ट हुन गई दुब्लाउने, राती अबेर रातीसम्म नसुत्ने तथा विहान अबेर उठ्ने, दिमागको स्मरण शक्ति हराउँदै जाने, पढाईमा कमजोर हुँदैजाने, पछाडिको बेञ्चमा बस्ने, निदाउने वा झोक्रिएर बस्ने, अनावश्यक झैंझगडा गर्ने, आँखा जुधाउन नसक्नेलगायतका व्यवहारहरुमा परिवर्तन देखिएमा लागु औषधको सिकार भएको बुझ्नुपर्दछ ।’ कक्षा ८ देखि १२ सम्मको अवस्था सम्वेदनशील हुने भएकोले अभिभावक चनाखो रहनुपर्नेमा जोड दिँदै बच्चाहरुको निगरानी गर्नुपर्नेमा जोड दिए ।
गाँजा सेवन गर्ने व्यक्तिको तीन वर्षपछि मानसिक सन्तुलन गुम्नुका साथै १० वर्षपछि मृत्यू हुने निश्चित रहेको नार्कोननका अध्यक्ष कुँवरले जानकारी दिए । उनका अनुसार लागु औषध जस्तो विष सेवनबाट आफू पनि बच्न र अरुलाई बचाउन जिल्लामा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।20160417_114210
सप्तरी जिल्लामा पच्चीस जनासम्म राख्न मिल्ने खालको उपचार केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने ‘जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिहरुबाट पाँच हजारदेखि १५ हजार रुपैयाँको दरले रकम संकलन गरी उपचार केन्द्र अविलम्ब सञ्चालनमा ल्याउनु जरुरी छ । यसकालागि सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालको नेतृत्वमा पहल थाल्न पत्रकारहरुलाई उनले आग्रह गरे ।
सोही कार्यक्रममा लागू औषध प्रयोगकर्ता लगाउने युरिन किटको समेत प्रदर्शन तथा परीक्षण गरिएको छ । लागूऔषध प्रयोगकर्ताले कुन प्रकारको लागूऔषध प्रयोग गरेको छ भन्ने पत्ता लगाउने ‘मल्टि ड्रग स्क्रिन टेष्ट डिप कार्डले पाँच प्रकारका लागूऔषधहरु ब्राउन सुगर, उत्तेजित बनाउने ड्रग्स, कोकिन, गाँजा र नर्फिन प्रयोग गरे–नगरेको जानकारी दिने उनले बताए ।
पाँच रंगका बक्स रहने सो किट पिशावमा डेढ मिनेट डुबाएमा दुई धर्का देखिए प्रयोग नगरेको र जुन बक्समा एक धर्का देखिन्छ त्यही लागूऔषध प्रयोग गरेको थाहा पाईने कुँवरले जानकारी दिए । अमेरिकामा बनेको यो मेसिन हाल नार्कोनन् नेपालसँग मात्र रहेको छ । अति आवश्यक अवस्थामा पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले नमूनाकालागि दुई पिस युरिन किट नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण देवलाई हस्तान्तरण गरेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *