नदी नियन्त्रणकालागि सिंचाई मन्त्रालयलाई भारतको सहयोग

नदी नियन्त्रणकालागि सिंचाई मन्त्रालयलाई भारतको सहयोग
Bwtech New Add With Software & Bull SMS

काठमाडौ २४ चैत्र । सिंचाई मन्त्री उमेश कुमार यादवले चुरे विनाशका कारण नेपाल र भारतले भोगिरहेको समस्यालाई संयुक्त रुपमा समाधान गर्नुपर्ने बताएका छन् ।
नदी नियन्त्रणका लागि सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको समतल तराई हुँदै भारततिर बग्ने नदीहरु दुवै देशका लागि प्राकृतिक वरदानकै रुपमा रहेपनि वर्षायाममा हुने क्षतिलाई न्यूनिकरण गर्न दुवै देश संयुक्त रुपमा लड्नु पर्ने उल्लेख गरे । चुरे विनाशका कारण वर्षायाममा बाढी अनियन्त्रित भई दुवै देशलाई क्षति पुर्याउँदै आएकाले दुवै देश त्यसका लागि गम्भीर रुपमा सोच्नुपर्ने उनले बताए ।
संयुक्त रुपमा लड्नका लागि नै भारतले वाग्मती, लालबकैया तथा कमला नदी नियन्त्रणका लागि सहयोग गरेको भन्दै मन्त्री यादवले त्यसप्रति आभार प्रकट गरे ।
नेपाल भारत बाढी तथा डुवान संयुक्त समितिले वर्तमान समयमा आपसी सहयोगमा गरेका कार्यहरु उदाहरणीय रहेको उल्लेख गर्दै उनले वाग्मती, लालबकैया तथा कमला नदी नियन्त्रणको काम सम्पन्न हुने अवस्थामा आइपुगेकाले प्रस्तावित निर्माण कार्यहरु निश्चित समयावधिमा सम्पन्न गर्न निर्णय भएका बजेट व्यवस्था गर्न समेत आग्रह गरे ।
भारत सरकारबाट प्राप्त बजेटले काम गर्ने र थप निर्माण कार्य गर्नुपरे नेपाल सरकारले आफै व्यवस्था गर्ने पनि सो अवसरमा उनले बताए । जेएस तथा जेसीडब्लुआरको बैठक चाँडै बसाउनु पर्ने आग्रह गर्दै उनले सो बैठकबाट खाँडो, पश्चिमी राप्ती, र बलान नदीमा भारतीय अनुदानको अपेक्षा राखेको पनि बताए ।
सिंचाई मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालकालागि भारतीय राजदूत रञ्जित रे ले ३८ करोड ६२ लाख ६ हजारको चेक मन्त्री उमेश यादवलाई हस्तान्तरण गरे । यसअघि सोही नदीका लागि भारतले ४२ करोड ३१ लाख ७२ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ । त्यसमध्ये बागमतीका लागि १० करोड, लालबकैयाका लागि ११ करोड, कमलाका लागि १६ करोड छुट्याएको छ । यसबाट बाग्मती ४० किलोमिटर, लालबकैया ६१ किलोमिटर र कमलाका लागि ६७ किलोमिटर तटबन्ध निर्माण कार्य भएको छ । भारत विहारको पटनामा बसेको नेपाल भारत डुवान तथा बाढी व्यवस्थापन संयुक्त समितिको दशौं बैठकले यो सहयोगको बारेमा निर्णय गरेको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *