गणतन्त्रवादी योद्धा सिंहको निधनमा गोइतद्वारा दुख व्यक्त

गणतन्त्रवादी योद्धा सिंहको निधनमा गोइतद्वारा दुख व्यक्त
Bwtech New Add With Software & Bull SMS

राजविराज, २४ चैत्र । जनवादी मोर्चा, नेपालका पूर्व महासचिव एवं नेपालमा गणतन्त्रका लागि हतियार उठाउने योद्धा लक्ष्मण प्रसाद सिंहको निधनप्रति अखिल तराई मुक्ति मोर्चाले दुःख व्यक्त गरेको छ ।
भारतको झारखण्ड प्रान्तको जमशेदपत्रर अस्पतालमा उपचारको क्रममा चैत्र २० गते शनिवार विहान सवा सात बजे भएको असामयिक निधनले आफूहरुलाई स्तब्ध तुल्याएको मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतद्वारा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ । ‘राज्यसत्ता हिंसात्मक हुन्छ, यसको प्राप्ति पनि हिंसाको माध्यमबाट नै सम्भव छ र संरक्षण पनि हिंसात्मक शतिmबाट मात्र सम्भव छ’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसै मान्यता अनुरुप तराईका महान धरतीपुत्र नेपालमा गणतन्त्रकालागि सशस्त्र क्रान्तिका प्रणेता रामराजा प्रसाद सिंहका माहिलो भाइ लक्ष्मण प्रसाद सिंह राजनीतिक जीवनका जतिसुकै कठोर संघर्षको वेला कहिल्यै विचिलित भएन ।’ गुरिल्ला युद्धका दक्ष लक्ष्मण पाएको जस्तोसुकै जोखिमपूर्ण जिम्मेवारीलाई निष्ठापूर्वक पुरा गर्ने इमानदार नेताको रुपमा रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
२०४२ सालमा निरंकुश शाही राजतन्त्रमाथि बम आक्रमणको परिणामस्वरुप राजाको हुकुमी पञ्चायति शासनले फाँसीको सजायसँगै सर्वस्वहरण गरिएको थियो । सरल स्वभावका मृदुभाषि अथक क्रान्तिकारी योद्धा सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा संयोजक गोइतले गहिरो समवेदना प्रकट गरेको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *