राजविराजमा प्रकोप पूर्व तयारी सम्वन्धि कृतिम अभ्यास

राजविराजमा प्रकोप पूर्व तयारी सम्वन्धि कृतिम अभ्यास
Bwtech New Add With Software & Bull SMS

राजविराज, २० चैत । हावाहुरी र गर्मीको मौसम सुरु हुनासाथ आगलागिका घटनाले आतंकित हुने गरेको सप्तरीमा शनिवार मध्यान्ह फेरी सर्वसाधारण आतंकित भए । जिल्लाको ग्रामिण क्षेत्रको एक गाउँमा अचानक आगलागि भएपछि सुरक्षा निकायका अधिकारी तथा सरोकारवालाको कुदाकुद भयो भने सर्वसाधारण गाउँ छोडेर भाग्न वाध्य भए ।DSC09433
घटनाको जानकारी पाउनासाथ सप्तरीका सिडिओ वलदेव गौतम आफैं आगलागि स्थलमा पुगे । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र राजविराज नगरपालिकाको वारुण यन्त्र आगो निभाउने काममा सकृय रुपमा खटिए । तथापी आगलागमीमा परी ५ दर्जन भन्दा वढि घर जलेको र करोडौं मुल्य वरावरको क्षती भएको सिडिओ तथा जिल्ला दैवि प्रकोप उद्धार समितिका संयोजक गौतमले वताएका छन् । उनका अनुसार क्षतिको परिमाण वढ्न सक्ने सम्भावना छ ।
घटनामा आगो निभाउँन सकृय भएका १ दर्जनभन्दा वढि ब्यक्ति गम्भिर घाईते भए । आगालागिमा परि करिव ६० घर जलेको, आगो निभाउने क्रममा १३ जना घाईते भएको, २ दर्जन पशु चौपाया जलेर मरेको तथा २ करोड भन्दा वढिको धनसम्पत्ति जलेर नष्ट भएको जानकारी दिदै सप्तरीका डिएसपी दानवहादुर कार्कीले घाईतेहरुको उपचार प्रवन्ध समेत मिलाईएको वताएका छन् ।DSC09458
खाना पकाएर चुलोमा छोडिएको भुतभुतेवाट आगो सल्किएर गाउँका अधिकांश घर जलेको डिएसपी कार्कीले वताएका छन् । सामान्य असावधानीका कारण हरेक वर्ष झै यस वर्ष पनि सप्तरीमा कल्पनानै गर्न नसकिएको घटना भएको उनले वताए ।
डिएसपी कार्कीले दिएको आगलागिको यो सम्पुर्ण जानकारी वास्तविक भने होईन । नेपाल रेडक्रस सोसाईटि सप्तरी र यूनिसेफको सहयोगमा जिल्ला दैवि प्रकोप उद्धार समितिले आयोजना गरेको ‘घटना अभ्यास कार्यक्रम’को जानकारी हो यो । राजविराज स्थित राज रंगशालामा आयोजित कार्यक्रममा विगतका वर्षहरुमा भएका आगलागि, वाढि तथा भुकम्पका कारण जिल्लावासीले ब्यहोरको पीडादायी घटनालाई जस्ताको तस्तै उतारीएको थियो ।DSC09446
सुख्खा मौसम सुरु भएसँगै चल्ने हावाहुरीका कारण जिल्लामा वढ्दो आगलागी तथा वाढि, भुकम्प लगायतका प्राकृतिक विपतको सामना गरी जोखिम न्यूनिकरण र ब्यवस्थापन गर्ने उदेश्यले आयोजित कार्यक्रम मार्फत हरेक विपत्तिको रोकथाम र न्यूनिकरण एकल पहलले सम्भव नभएकाले यस्ता घटनामा सवैलाई समेटने र सचेत गराउने प्रयास गरिएको सप्तरीका सिडिओ गौतमले वताए ।
घटना सुरुभएपछि त्यसको अन्तिम चरणसम्मका प्रकृया तथा त्यसपछि स्थानीय प्रशासन तथा सरोकारवाला निकायले पु¥याउनुपर्ने योगदानका विषयमा अभ्यास मार्फत नै जानकारी दिईएको थियो । प्राकृतिक विपतमा आवश्यक पर्ने लाईफ ज्याकेट, प्लाष्टिक डोरी, स्ट्रेचर, साईरन, त्रिपाल, तथा उपचार सामाग्रीका साथ उपस्थित भएका जोखिम नियन्त्रक, उद्धार र राहत टोलीका सदस्यले प्राकृतिक विपदको सामना गर्न पुर्व तयारी स्वरुप गर्नु पर्ने कार्य र अपनाउनु पर्ने सचेतता वारे निकै रोचक ढंगलले अभ्यास गरेका थिए ।
विपद ब्यवस्थापन विभागका वरिष्ठ अधिकृत राजेन्द्र कुमार रोकाहाले यस्ता कार्यक्रमवाट जिल्लाको विपद प्रतिकार्य क्षमताको जाँच र जिल्लावासीलाई सचेत गराउने दुवै काम हुने भएकाले अभ्यासमा देखाईएका दृष्यहरुवाट शिक्षा लिई अरुलाई पनि सिकाउने र सम्झाउनुपर्ने वताए । नेपाल रेडक्रस सोसाईटी सप्तरीका सभापति जोगेन्द्र भगतले विपद ब्यवस्थापन कार्य प्रभावकारी र क्षमता युक्त वनाउन कार्यक्रम महत्वपुर्ण भएको वताए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *