• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

पायनियर केवल्सद्वारा इलेक्ट्रिसियनहरुसँग छलफल

पायनियर केवल्सद्वारा इलेक्ट्रिसियनहरुसँग छलफल

राजविराज, १३ चैत्र । पायनियर इलेक्ट्रो केवल्स प्रा.लि.ले शनिवार सप्तरीका इलेक्ट्रिसियनहरुसँग भेंटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।
राजविराज स्थित साह धर्मशालामा आयोजित कार्यक्रममा बोल्दै पायनियरका निर्देशक सुनिल शारदाले आफूहरुले गुणस्तरियतालाई प्राथमिकतामा राखेर उत्पादन गर्दै आएको बताए । उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर बजारमा ल्याईएको केवुल तारहरु उत्कृष्ट रहेको बताउँदै उनले भने ‘हाम्रा उत्पादनहरुमा गुणस्तरीय तामाको प्रयोग गरिनुले विद्युत वचत हुनुका साथै बढी टिकाउ हुने गर्छ ।’
कार्यक्रममा प्रा.लि.का महाप्रबन्धक कृष्णबहादुर सिंहले ईलेक्ट्रिसियनहरुलाई प्रयोग गर्नमा समेत सहज हुने भएकोले उपभोक्ताहरुको ध्यानमा राखेर पायनियर केबुल नै प्रयोग गर्न आग्रह गरे । यसैगरी सेल्स म्यानेजर नारायण खनाल, सेल्स एक्जक्युटिभ राम पाण्डे, ईलेक्टिक ईन्जिनियर अम्बर कार्की, व्यवसायी कमाल अहमदलगायतले केबुलको विषयमा प्रकाश पारे ।
सोही अवसरमा कार्यक्रममा सहभागी ईलेक्ट्रिसियनहरुलाई भेस्ट, व्यागसहित औजारहरु उपहार स्वरुप प्रदान गरिएको नाज ईलेक्ट्रिक्सका मो. समिमले जानकारी दिए ।DSC09860