• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मिथिला स्टूडेन्टद्वारा होली मिलन तथा शुभकामना आदान–प्रदान

मिथिला स्टूडेन्टद्वारा होली मिलन तथा शुभकामना आदान–प्रदान

सिरहा, ७ चैत्र । सिरहाको लहानमा शनिवार मिथिला स्टूडेन्ट युनियन नेपालद्वारा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो ।
हिन्दुहरुको महान पर्व होलीको अवसरमा उद्योग बाणिज्य संघको सभाहलमा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध मैथिली अभिनेत्री एवम् नाट्यकर्मी प्रियंका झाले मिथिला स्टूडेन्ट युनियन नेपालले गरेको काम सराहनीय रहेको भन्दै यसमा लाग्न मिथिलाका युवाहरुलाई आग्रह समेत गरिन । बाहिरी संस्कृति भन्दा हाम्रो संस्कृति हामीलाई प्यारो रहेको र यसको पुनजारणको आवश्यकता रहेको उनले बताइन् ।
कार्यक्रममा स्थानीय युवा मैथिली कविहरु नारायण मधुशाला, रितेश मैथिल, गजेन्द्र गजुर, गायत्री सिंह, हृदय सुमन, अर्जुनप्रसाद गुप्ता दर्दिला, दिनेश रसिया लगायतले आ–आफनो कविता समेत बाचन गरे । कार्यक्रम अवधीभरि विभिन्न मैथिली गीत, सङ्गीत, तेजु मैथिलको स्वर, पूजा ंिहको नृत्य, रितेश मैथिलको कमेडीले उपस्थित सम्पूर्णको मन जितेको नरेश बरबरियाले जानकारी दिए ।
कार्यक्रमको अन्त्यमा सम्पूर्ण सहभागीहरु नेपाल नाटक तथा संङ्गीत प्रज्ञा प्रतिठान काठमाडौँद्वारा आयोजित डबली नाटकीय कार्यक्रममा सहभागीता जनाएका थिए । उक्त कार्यक्रममा समेत तेजु मैथिलको स्वरले सबैको मन छुन सफल भएको थियो । युनियनले उक्त मञ्चमा समेत जोगिरा कार्यक्रम गरेको र रमेश रञ्जनले समेत खुलेर मुक्तकण्ठले स्थानीय युवाहरुको प्रसंसा गरे ।