• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दलित समुदायका किसानलाई कृषि सामग्री

राजविराज, ५ चैत्र । सप्तरीको नकटी रायपुर गाविस वडा नम्वर–३ लौवापारका दलित किसानहरुलाई शुक्रवार एक कार्यक्रमका बीच दलित सेवा संघ सप्तरीले कृषि सामग्री वितरण गरेको छ ।
युरोपेली आयोग डानचर्चएडको सहयोगमा सञ्चालित ‘बिभेद गरिएका समुहको आर्थिक समाजिक सांस्कृतिक अधिकार प्रबद्र्धनका लागि मानवअधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण’ परियोजना अन्तर्गत दलित सेवा संघले दलित किसानहरुको समुहलाई बेमौसमी तरकारी खेतीका कृषि सामग्री बितरण गरेको हो । कृषि सामग्री वितरण कार्यक्रममा दलित सेवा संघ सप्तरीका सचिव ललित कुमार सरदार र पत्रकार राजु विश्वकर्माले संयुक्त रुपमा समुहका किसानहरुलाई बिद्युत मोटर, किटनाशक औषधी छर्किने स्प्रे मेसिन लगायतका कृषि सामग्री बितरण गरेका छन् ।
स्थानीय १६ जना सहभागी रहेको समूहमा आबद्ध सदस्यहरुले प्याज, भिण्डी, करेला, टमाटर लगायतका बेमौसमी तरकारी खेती गर्दै आएका छन् । बेमौसमी तरकारी खेती गर्ने किसानहरुलाई उक्त कृषि सामग्रीले राहत हुने विश्वासका साथ कृषि सामग्री प्रदान गरेको सचिव सरदारले जानकारी दिए । दलित सेवा संघ रायपुर प्रशाखाका अध्यक्ष सुरेन्द्र मण्डलको अध्यक्षतामा आयोजित सामग्री वितरण कार्यक्रममा दलित सेवा संघका शिवकुमार मण्डल, चन्द्रशेखर मण्डल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।