• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मैन्हासहश्रबाहु गाविस खुला दिसामुक्त घोषणा

बृजमान तामाङ

बिरेन्द्र बजार, ५ चैत्र ।
सप्तरीको मैन्हासश्रबाहु गाबिस शुक्रवार खुला दिसामुक्त घोषणा भएको छ । गाउँ खानेपानी तथा सरसफाई स्वच्छता समवन्य समितिको अध्यक्ष तथा गाविस सचिव अर्जुन कुमार कार्कीको अध्यक्षता तथा संसदिय क्षेत्र नम्वर ६ का सांसद सुरेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा एक समारोहका विच खुला दिसा मुक्त गाविस घोषणा भएको हो । उक्त कार्यक्रममा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र प्रसाद यादवले तुल व्यानर वाचन गरेर मैन्हासश्रबाहु गाविस लाइ खुला दिसा मुक्त घोषणा गरे ।
कार्यक्रममा संसदिय क्षेत्र नम्वर ६ का सांसद सुरेन्द्र यादव, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र प्रसाद यादव, जिल्ला विकास समिति सप्तरीका कार्यक्रम अधिकृत नवराज खडका, युएनहयाविटाट सप्तरीका संयोजक हरि वुढाथोकी, युनिसेफ सप्तरीका वास संयोजक सुनिता सुल्पे, एसएनभि नेपालका वास सल्लाहकार कृष्ण जि,सि, पञ्चावति ग्रामिण विकास केन्द्र नेपालका अध्यक्ष जित बहादुर खडकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष नर्मदेव यादव, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष वृजमान तामांङ, नेकपा एमाले सप्तरीका उपाध्यक्ष मो. मजिद साकिर,मैन्हासश्रबाहु गाविसका स्वास्थयचौकि इन्चार्ज सुरेन्द्र प्रसाद चौधरी, स्थानिय जगविर राम, बलराम चौधरीलगायतकाले समेत मन्तब्य ब्यक्त गरे ।
अधिवक्ता दुर्गानन्द चौधरीद्धारा संचालित कार्यक्रममा स्वागत मन्तव्य प्राथमिक स्वास्थ्य केन्द्रका कारिचन्द साहले गरे ।