• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तिलाठीमा सहीद शाकेत स्मृति टी–२० क्रिकेट प्रतियोगिता

तिलाठीमा सहीद शाकेत स्मृति टी–२० क्रिकेट प्रतियोगिता

राजविराज, ४ चैत्र । गणतन्त्रकालागि आहुति दिएका सप्तरीको तिलाठीका सपुत साकेतचन्द्र मिश्रलाई सहीद घोषणा गर्न दवाव दिने उद्देश्यकासाथ तिलाठीमा क्रिकेट प्रतियोगिता विहीवारदेखि सञ्चालन भएको छ ।
गणतन्त्र नेपालका सरकारले औपचारिक रुपमा सहीदसम्म घोषणा गर्न नसकेकोमा राज्यप्रति दुःख व्यक्त गर्दै तिलाठीका युवाहरुको सक्रियतामा स्थानीय पाठशाला प्राङ्गणमा सहीद शाकेत स्मृति टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । साकेतलाई सहीद घोषणा गराउन राज्यको ध्यानाकर्षण गराउन रचनात्मक कार्यक्रम अन्तर्गत क्रिकेट प्रतियोगिता सञ्चालन गरेको निरज कुमार निरजले  जानकारी दिए ।
प्रतियोगिताको एक कार्यक्रमका वीच तिलाठी गाविसका निवर्तमान उपाध्यक्ष अमिर झा तथा वोर्डर आउटपोष्ट तिलाठीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक डिबी श्रेष्ठले उद्घाटन गरे । आयोजक टिमका कप्तान चन्दन झाको अध्यक्षतामा आयोजित उदघाटन सत्रमा निरज कुमारले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पारे ।
उदघाटन खेल फास्टेरियस क्रिकेट क्लव र यङ्ग एलेभेन विरपुरको बीच भएकोमा यंग एलेभन सय रनले विजय भएको छ । टस जितेर पहिले व्याटिड़्ग गरेका यङ्ग एलेभन १८ ओभरमा अलआउट हुँदै १ सय ४४ रन बनाए । प्रति उत्तरमा फास्टेरियसको टोली सातौ ओभरमा ४६ रन जोडेका थिए । विजेता टिमका रामसागर मेहता म्यान अफ द म्याच घोषित भए ।