महिला फोरम सप्तरीमा नयाँ नेतृत्व

महिला फोरम सप्तरीमा नयाँ नेतृत्व
Bwtech New Add With Software & Bull SMS
12802881_910268762405672_3993132948289460947_n
गीता यादव

राजविराज, २५ फागुन । संघीय समाजवादी फोरम नेपालको भातृ सङ्ठन महिला फोरम सप्तरीको मङ्गलवार सम्पन्न भेलाले गीता यादवको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ ।
फोरमको कार्यालयमा सम्पन्न भेलाबाट गठित समितिको सदस्यमा रमिला साह, सुचिता यादव, गुलजारी यादव, बिमला खङ्ग, मीरा सिंह, कमली देवी राय, प्रेमशिला कर्ण, रसना यादव, ललिता सदा रहेकी छिन् । समितिको सदस्यहरुमा शिवा देवी शर्मा, आशा यादव, प्रमिला यादव, सुनिता यादव, नाजो खातुन, सुमित्रा साह, भुटुन मण्डल, खरुन खातुन र दयावती यादव रहेकी छिन् ।

फोरम नेपालकी जिल्ला सदस्य सुनिता साहको अध्यक्षतामा आयोजित भेला फोरमकी केन्द्रीय उपाध्यक्ष रेणु यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको भेलामा पार्टीका केन्द्रीय सदस्य चित्तनारायण यादव, जिल्ला अध्यक्ष दिनेक कुमार यादव, सह–सचिव उपेन्द्र साह, जिल्ला सदस्य केदार यादव, रामेश्वर यादव, उज्जवल चौधरी, क्षेत्र नम्वर ५ का अध्यक्ष प्रभु यादव, अयुव राइनलगायतले जारी मधेश आन्दोलनलाई सशक्त बनाउन महिलाहरुले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *