अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेतनामुलक रयाली

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेतनामुलक रयाली
Bwtech New Add With Software & Bull SMS

वीरगञ्ज २५ फागुन, १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रजनन् स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साको आयोजना एवं कारीतास नेपालको सहयोगमा पर्साको विभिन्न गाविसहरुमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

“लैङ्गिक समानताका लागि पाइला हराहरी, सन् २०३० सम्म हिंसा बराबरी, संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं” भन्ने मूल नाराका 12804335_1708710226040331_1037721568_nसाथ पर्साको गाविस सुवर्णपुर, निर्मलबस्ती, ठोरीमा जनचेतनामुलक ¥याली निकालेको छ । आयोजक संस्थाका कार्यक्रम प्रमुख दिपेन्द्र कुमार साहको नेतृत्वमा निस्केको ¥यालीले गाउँको विभिन्न परिक्रमा गर्दै महिला हिंसा सम्बन्धि जनचेतना जगाइएको थियो ।
¥यालीमा आयोजक संस्थाका अवधेश कुमार राम, नरेश जैसवाल, सञ्चारकर्मी श्रवण साह, स्थानिय भद्रभलादमी, महिला, सर्वसाधारणको हज्जारौंको संख्यामा उपस्थिति रहेको थियो । गाविस सुवर्णपुरको १ देखि ९ सम्मका वडाहरुमा ¥याली निकालिएको थियो । सबैभन्दा बढि सहभागिता भएको वडा नम्वर ७, वडा नम्वर ९ र वडा नम्वर १ लाई क्रमशः ८, ७ र ५ सयको दरले आयोजक संस्थाले नगद सहयोग समेत गरेको कार्यक्रम संयोजक दिपेन्द्र कुमार साहले जानकारी दिए ।
यसैगरी पर्साको ठोरीमा अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा महिला प्रजनन् स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *