• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अन्तर्राष्ट्रिय महिला दिवसको नारा सुधार्न सप्तरी महिला फोरमको माग

अन्तर्राष्ट्रिय महिला दिवसको नारा सुधार्न सप्तरी महिला फोरमको माग

राजविराज, २० फागुन । आगामी फागुन २५ गते मनाउन लागिएको १०६ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा तय गरिएको नारा सच्याउन सप्तरीका महिलाहरुले माग गरेका छन् ।
संघीय समाजवादी फोरम नेपाल निकटको संघीय समाजवादी महिला फोरम, नेपाल जिल्ला कार्य समिति सप्तरी नारा सच्याउन माग गरेको हो । यस वर्षकालागि तय गरिएको ‘संविधानलाई ब्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं’ भन्ने नारालाई परिवर्तन गरी ‘संविधान सुधारौं र ब्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौ’ भन्ने नारा राख्न माग गरिएको छ । ं

यस वर्षकालागि तय गरिएको ‘संविधानलाई ब्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं’ भन्ने नारालाई परिवर्तन गरी ‘संविधान सुधारौं र ब्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौ’ भन्ने नारा राख्न माग गरिएको छ । ं

संघीय समाजवादी महिला फोरम, नेपालले विहीबार प्रमुख जिल्ला अधिकारी नारायण भट्ट मार्फत महिला तथा वालवालिका मन्त्रालयलगायत विभिन्न मन्त्रालय तथा मानवअधिकार आयोगमा ज्ञापन पत्र पठाएका छन् । ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टले सम्वन्धित निकायमा तत्कालै पठाईने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त नारा नसुधारे आफूहरुले सशक्त आन्दोलन गर्ने चेतावनी समेत स्थानीय महिला नेतृ सुनिता साहले दिएकी छिन् ।1