पोषण कार्यक्रम प्रभावकारी बनाउनुपर्छः सभापति ठाकुर

पोषण कार्यक्रम प्रभावकारी बनाउनुपर्छः सभापति ठाकुर
Bwtech New Add With Software & Bull SMS

राजविराज, १४ फागुन । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण संसदीय समितिका सभापति रञ्जु ठाकुरले पोषणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय योजना आयोग सचिवालय काठमाण्डौ तथा जिल्ला विकास समिति सप्तरीद्वारा शुक्रवार राजविराजमा बहु क्षेत्रीय पोषण योजना गोष्ठिमा बोल्दै उनले यस्तो कुरा बताएकी हुन् । मधेशका जिल्लाहरुका महिला तथा बालबालिकाहरुमा पोषणको समस्या अत्यधिक रहेको बताउँदै उनले भनिन् ‘मधेशका जिल्लाहरुमा पोषणका कार्यक्रमलाई थप प्रभावकारी बनाउनु जरुरी छ ।’
साँसद ठाकुरले सरकारद्वारा सञ्चालित कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै अनुगमन एवम् निरीक्षण कार्यलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने आवश्यकता औंल्याइन् । सांसद ठाकुर आफूले मधेशका जिल्लाहरुमा पोषण सम्बन्धि कार्यक्रमलाई अगाडि बढाएको समेत जानकारी दिईन् ।
जिल्ला विकास समिति सप्तरीका निमित स्थानीय विकास अधिकारी नवराज खड्काको अध्यक्षतामा आयोजित गोष्ठिमा बहु क्षेत्रीय पोषण र सोका कार्यान्वयनकालागि संगठनात्मक संरचनाबारे योजना अधिकृत चुडामणी अर्यालले जानकारी गराए । नेपालमा पोषणको अवस्था र पोषण कार्यक्रममा विभिन्न निकायको भूमिकाबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण अधिकृत प्रमोद कोइराला, जिल्लाको पोषण अवस्थाबारे जिल्ला जन स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झा, युनिसेफका अशोक कुमार झालगायतले पोषणबारे प्रस्तुती गरेका थिए । सोही अवसरमा राजविराज–५ की गर्भवती महिला लक्ष्मी देवलाई प्रमुख अतिथि ठाकुरले उपहार स्वरुप पोषण सामग्री प्रदान गरिन् ।1

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *