
राजविराज, १४ फागुन । तारा एयरको बिमान दुर्घटना भएको दुई पनि बित्न नपाउँदै शुक्रवार एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यू भएको छ ।
विमान दुर्घटनामा परी मृत्यु हुनेमा चालक दिनेश न्यौपाने र सह–चालक सन्तोष राणा रहेका छन् । विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस वडा नम्वर–२ मा दुर्घटना भएको हो । विमान दुर्घटनाबाट बचाउनका लागि चालकले भरमग्दुर प्रयास गरेको जनाईएको छ । बलपूर्वक अवतरण गर्ने क्रममा विमानको अगाडिको भाग खेतमा जोतिएकोले चालक र सह–चालकको मृृत्यु भएको प्रहरीले जनाईएको छ ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना सवार रहेका थिए । नेपालगञ्जबाट जुम्लाका लागि १२ बजेर ५ मिनेटमा उडेको उक्त जहाज अपरान्ह १२ बजेर २७ मिनेटमा उक्त विमान सम्पर्क विच्छेद भएको थियो । विमान दुर्घटनामा परी त्यसमा सवार ९ जना घाइते भएका छन् । यात्रीहरुमध्ये एकको अवस्थामा गम्भीर रहेको छ ।
स्मरण रहोस् तारा एयरको ढल्(ब्ज्ज् जहाज बुधवार सोलीघोप्टेमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार २ बालकसहित २३ जनाको मृत्यू भएको थियो । तस्विरः सेतोपाटी डटकम




