लैङ्गिक हिंसा नियन्त्रण गर्न समन्वय योजना

लैङ्गिक हिंसा नियन्त्रण गर्न समन्वय योजना
Bwtech New Add With Software & Bull SMS

राजविराज, १२ फागुन ।
सप्तरीमा जिल्लाको लैङ्गिक हिंसा नियन्त्रण सेवाको नक्साङ्कन गरी बुधबार जिल्लाको समन्वय योजना तयार गरिएको छ ।
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल कार्यकारिणी समितिको आयोजनामा राजविराजस्थित जिल्ला विकास समितिको सभाकक्षमा आयोजित वैठकले समन्वय योजना तयार गरिएको हो । महिला तथा बालबालिका विरुद्ध हुने हिंसा, अपराध न्यूनिकरण गर्ने अभियान एक पक्षियबाट मात्र सम्भव नभएकाले सम्बन्धित सबै पक्षको समन्वय र सहकार्यका लागि सरकारी, गैर सरकारी संस्था, निकाय, नागरिक समाज, सञ्चारमाध्यम सबैको पहिचान गरी नक्शांकन एवं समन्वय योजना तयार पारिएको छ ।
कार्यक्रममा विभिन्न निकायको भूमिका, योगदान, उनीहरुले विभिन्न विषयमा दिन सक्ने सेवालगायतका विषयमा विस्तृत छलफल गरी योजना तयार पारिएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक दानबहादुर कार्की, जिल्ला सञ्जालका अध्यक्ष एवं इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलले नक्शांकन एवं समन्वय योजनाको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी उपरिक्षक एवं समन्वय समितिका संयोजक भिमप्रसाद ढकालले हिंसा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्यको औचित्यबारे प्रष्ट पार्नुभयो । कार्यक्रममा अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला विकास समिति, राजविराज नगरपालिका, अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, गैससकर्मी, सञ्चारकर्मी, अधिकारकर्मी, कानुन व्यवसायीसहित जिल्ला सञ्जाल र गाविस स्तरिय सञ्जाल कार्यकारिणी समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *