• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पर्यटकीय एवम् मनोरम स्थल कोशी टप्पु

श्यामसुन्दर यादव
कोशी टप्पु वन्यजन्तु आरक्षकोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । यस आरक्षको स्थापना  वि.सं. २०३२ सालमा स्थापना भएको छ । कुल १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । mainpage-left
यो आरक्ष सन् १९८७ रामसार सुचीमा सुचीकृत भई नेपालको पहिलो ठूलो रामसार क्षेत्रको रूपमा चिनिएको छ ।  यस आरक्षमा ४ सय ८९ प्रजातिका चराहरू, २ सय १९ को सङ्ख्यामा दुर्लभ अर्ना र करिव ११–१२ वटा दुर्लभ डल्फीन समेत संरक्षित रहेका छन् । नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने उद्देश्यले मध्यवर्ती क्षेत्रको घोषणा गरे अनुरूप मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन पहिलो पटक २०६१ भदौ ३१ मा गरिएको हो । मध्यवर्ती क्षेत्रको क्षेत्रफल १ सय ७३ वर्ग कि.मि.मा रही सुनसरी, सप्तरी र उदयपुरको १६ वटा गाउ“ विकास समितिहरू समेटिएको छ । koshi-tappu-wildlife

मध्यवर्ती क्षेत्रमा सप्तरीको फत्तेपुर, ओद्राहा, कमलपुर, पिप्रापूर्व, जगतपुर, बदगामा, बरमझिया, घोघनपुर र बैरवा गरी ९ ओटा गाविसहरू पर्दछन् । पिप्रापूर्व गाविसमा मृगवन रहेको छ भने कमलपुर गाविसमा आकक्र्षक एवम् मनोरम मानिएको कमलदह रहेको छ ।
कोशी टप्पु वन्य जन्तु आरक्ष दक्षिण पूर्वी तराईको सुनसरी जिल्लामा सप्तकोशी नदीको किनारमा  अवस्थित छ । यो आरक्ष वि.सं. २०३२ सालमा लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैंसी)हरूको संरक्षित वासस्थानको रूपमा स्थापना भएको हो । नेपालको सबैभन्दा सानो आरक्षको रूपमा रहेको दक्षिणी सिमामा सप्तकोशी नदीको बा“ध रहेको छ । सुन्दर र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साइवेरियाबाट घुमन्ते चराहरू आउने जाने गर्छन् । यस अतिरिक्त यो आरक्ष दुर्लभ गिद्धका लागि पनि प्रसिद्ध मानिन्छन् । bird
यस आरक्षमा लोपोन्मुख अवस्थामा रहेका अर्नाका साथै हरिण, रतुवा, नीलगाई, ब“देल, बा“दर, अजिङ्गर, गोही सहित २० भन्दा बढी प्रजातिका जनावरहरू पाइन्छन् । विश्वमै दुर्लभ मानिएको का“डेभ्याकुर चरासहित ४ सय ४१ प्रजातिका चराचुरूङ्गीहरू पाइने यस आरक्षणमा हा“स प्रजातिका २० वटा, जलचर प्रजातिका १ सय १४ प्रजातिका पक्ष्ँीहरू पाइन्छन् । जसमध्ये लोसार, ठूलो धनेश, स्वाम्प प्याराडाइज, फिसिङ् इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङफिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन् । साथै जाडो मौसममा रूसको साइवेरिया, भारत, मंगोलिया, चीन, तिब्बत, काजकस्तान, अफगानिस्तान, स्पेन, इरानबाट पनि चराहरू बथानका बथान बसाइँ सरेर आउने गरेको पाइन्छ । यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरूका साथै दुर्लभ घडियाल गोही तथा ग्याङ्गेटिक डल्फिन समेत पाइन्छन् ।Dolphin
कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घा“टी भएका चराहरूका साथै कर्याङ्कुरूङ, सारस, पानीहा“स हुलका हुल देख्न पाइन्छ । अर्ना, डल्फिन र घडियाल गोही चाहिं कोशी टप्पुको प्रमुख आकर्षण हुन् । कार्तिकदेखि फागुनसम्म अर्ना र चराको संसारमा घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ । यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ । अझैं हात्ती चढेर आरक्षण र नजिकैका गाउ“ घुम्दाको मज्जै बेग्लै हुन्छ । चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ । 2 (2)