• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

नायिका डोली सरकारको ‘भ्यालेन्टाइन डे’ सन्देश

नायिका डोली सरकारको ‘भ्यालेन्टाइन डे’ सन्देश

राजविराज । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसप्रति युवायुवतीहरुको आकर्षण बढ्दो छ । एक दिवसीय मात्र नभई युवायुवतीहरुले त साताव्यापी रुपमै मनाउन थालेका छन् । ‘भ्यालेन्टाइन डे’को विषयमा सबैको आ–आफ्नै बुझाई हुनसक्छ तर नायिका डोली सरकारको बुझाई भने पृथक रहेको छ ।
‘भ्यालेन्टाइन डे’ स्थानीय संस्कृति नभए पनि सकारात्मक सोचका साथ मनाउनुपर्ने उनको धारणा छ । प्रेम दिवसकै नाममा विकृतीले स्थान लिनु भनेको समाजलाई नै विकृतीतर्फ धकेल्नु जस्तै भएको ‘न्यूज टुडे अनलाइन’सँग प्रतिक्रिया दिँदै उनले भनिन् ‘भ्यालेन्टाइन डे मनाउनु नराम्रो हो म भन्दिन यसलाई सकारात्मक रुपमा लिनुपर्दछ, विकृतिले प्रवेश नपाओस् यसकालागि युवायुवतीहरु त्यतिकै सचेत रहनु जरुरी छ ।’ 1 (3)
‘भ्यालेन्टाइन डे’ को अवसरमा शुभकामना आदान–प्रदान गर्नु, अतितका तिक्तता वा मनमुटावलाई बिर्सेर एक–अर्का बीच प्रेमपूर्ण सम्वन्ध निरन्तरताको रुपमा लिनुपर्ने उनको सुझाव छ । मैथिली तथा भोजपुरी सिनेमाकी नायिका डोली सरकार भन्छिन् ‘आयातित संस्कृतिलाई बढावा दिनुभन्दा पनि आफ्नै मौलिक संस्कृतिलाई प्रोत्साहन गर्नु जरुरी छ ।’
तपाईले ‘भ्यालेन्टाइन डे’ कसरी मनाउँदै हुनुहुन्छ ? भन्ने जिज्ञासामा उनले हाँस्दै भनिन् ‘कसरी मनाउनु, आफ्ना साथीहरु शुभकामना दिएँ, फेसबुक मार्फत मेरा सम्पूर्ण फ्यानहरुलाई विश गरे, बस यति हो ।’ यसवर्ष बाहिर घुमघाममा नगई घरमै परिवारजनसँग बसेर रमाईलो गरिरहेको उनले बताईन् । 1 (2)
मैथिली म्युजिक भिडियो कमाल तोहर ओढनीबाट पर्दामा छाएकी डोलीले अप्पन समाज, करमभाग्य, मितवा सहितका मैथिली तथा भोजपुरी चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् । नेपाली म्यूजिक भिडियो पहिलो प्रेम र पिएँ थोरैमा समेत अभिनय गर्न भ्याएकी छिन् । मैथिली टेलि सिरियल सिङ्गी मुङ्गरी टेलिसिरयलमा दर्शक माझ चिनिएकी उनले गरेका चर्चित म्यूजिक भिडियोहरुमा सप्तरीके परी, पूर्णिमाके चाँन, प्रेमक सन्देश, देबघर पहँुचाई द, प्रितक ईजोरिया, तिरछी नजर (भोजपुरी एल्बम)लगायत दर्जनौ म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् ।1 (5)
सेनुरक मोल बड्ड अनमोल, अपन समाज लगायतका करिब एक दर्जन फिल्ममा मुख्य नायिकाको कुशल भूमिका निभाएकी छिन् । पछिल्लो समय भोजपुरी फिल्म ‘ द रियल हिरो एसपी खरेल’मा देखिएकी चुलबुली नायिका डोलीको अभिनय अत्यधिक चर्चित भएको छ ।