• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

वरिष्ठ वामपन्थी नेता एवम् मैथिली साहित्यकार चन्द्रशेखर अस्ताए

वरिष्ठ वामपन्थी नेता एवम् मैथिली साहित्यकार चन्द्रशेखर अस्ताए

श्यामसुन्दर यादव
राजविराज, २ फागुन । सिरहा लहान नगरपालिका–७ निवासी वरिष्ठ साहित्यकार एवम् वामपन्थी नेता चन्द्रशेखरलाल कर्ण ‘शेखर’को ८३ वर्षको उमेरमा शनिवार विहान निधन भएको छ ।
वि.स.२००६ सालदेखि नै बामपन्थी राजनितिमा लागेका उनको आफ्नै निवासमा बिहान करिब ४ बजेको समयमा निधन भएको हो । मधेशमा किसान आन्दोलनको नेतृत्व गर्दै शेरी, सलामी, खडा बटैया, असमान बोनी, जातीय विभेद विरुद्ध सशक्त भूमिका निर्वाह गरेका थिए । पञ्चायती शासन कालमा उनलाई तत्कालिन शासकवर्गले चरम यातना दिएका थिए ।
उनले लहानमै दिनमा विद्यार्थीहरुलाई टियुसन पढाउने गर्दथे भने राती क्रुर पञ्चायती शासन विरुद्ध गाउँगाउँमा कम्युनिष्ट पार्टीको बिस्तार गरेका थिए । मधेशमा कम्युनिष्ट पार्टीको बिस्तारका साथै किसान आन्दोलनमा कृष्णराज बर्मा र स्व. चन्द्रशेखरले महत्वपूर्ण भूमिका निभाएका छन् । कम्युनिष्ट पार्टीमा लागेकै कारण उनलाई तत्कालिन पञ्चायती शासकले क्रुर यातना दिएका थिए । d
विद्यार्थीलाई लहानमा ट्युसन पढाउँदै गर्दा तत्कालिन शाही सेनाले दुवै हात बाँधेर गाडीमा राखी लग्दै गर्दा ‘तिमी राजतन्त्र विरोधी गतिविधि गर्दिन भनेर प्रतिवद्धता गर नभए मारेर यही नदीमा फालिदिन्छु’ भन्दा उनले ‘म जनताको लागि मर्न तयार छु तर झुक्न तयार छुईन,’ जवाफ दिएपछि बोरामा हालेर घचेट्दै उदयपुरमा रहेको सैनिक क्याम्पतर्फ लगेको कुरा एक अन्तर्वार्ता चन्द्रशेखरले बताएका थिए । त्यस क्रममा तीन दिनपछि मात्र उनको होस खुलेको थियो ।b
कलकता र बनारस युनिभर्सिटीमा अध्ययनरत रहँदा २००६ सालदेखि नै उनी साहित्य र वामपन्थी राजनितिकमा सक्रिय भएका थिए । २०१५ सालमा सिराहाबाट संसदको निर्वाचनमा केही मतको अन्तरले पराजित भएका थिए । पञ्चायती शासनकालमा राजविराज, नक्खुलगायतका जेलहरुमा राजनितिक आस्थाका आधारमा  लामो समय कारावास जीवन बिताएका थिए । e
२००१५ सालमे हम नेपाली हमर नेपाल फुटकर कविताहरु, गिरिजावावु जय नेपाल २०४२–०४३ , शुली पर सन्त २०५०–५१, सबटा दाग देखार २०६०–६१ मा प्रकाशित छन् । मंगलध्वनी प्रकाशोन्मुखसहित आधा दर्जन पुस्तकहरु अप्रकाशित छन् ।
उनले विद्यापति पुरस्कार, नेपाल विद्यापति पुरस्कार, अस्विकृत पुरस्कार, शान्तिदूत, साहित्य साधना पुरस्कार, सामाजिक सेवा सहित दजनौं पुरस्कार तथा सम्मान पाएका छन् । उनको लेखनमा लोक भाषाको प्रयोग अतुलनीय रहेको छ । ‘लऽ द्वार–द्वार खाली झोरी’, ’उठ मंगला जोर कर’ सहितका गीतहरु अत्यधिक चर्चित रहेको छ । जन्मस्थान लहानमै हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।