• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशी मोर्चाद्वारा आन्दोलनका कार्यक्रम तत्कालकालागि स्थगित

मधेशी मोर्चाद्वारा आन्दोलनका कार्यक्रम तत्कालकालागि स्थगित

सदभावना अध्यक्ष महतोलाई सचेत हुन आग्रह

राजविराज, २५ माघ । करिब ६ महिनादेखि जारी आन्दोलनका कार्यक्रमहरु संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्कालका लागि स्थगित गरेको छ ।
मोर्चाको सोमवार सम्पन्न बैठकले वर्तमान अवस्थामा देशको समस्या, जनताका आवश्यकता र जनताद्धारा प्राप्त सुझावहरुलाई ध्यानमा राख्दै जारी आन्दोलनका घोषित कार्यक्रमहरुमध्ये आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्द गर्ने कार्यक्रम तत्कालका लागि फिर्ता लिने घोषणा गरेको हो । संघर्षका अन्य कार्यक्रमहरु भने यथावत राख्ने निर्णय गरिएको मोर्चाका अध्यक्षहरुद्वारा संयुक्त  रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा जनाईएको छ ।
आन्दोलनका क्रममा मोर्चाबाट भएका कमिकमजोरी र त्रुटिहरुको समीक्षा गर्दै,  त्यसलाई सच्याउँदै आन्दोलनलाई अझ सशक्त र व्यापक रुपमा अगाडि बढाउन आवश्यक तयारी  एवम् गृहकार्य गरी आन्दोलनलाई तराई÷मधेश÷थरुहटकासाथै काठमाडौंसहित अन्य क्षेत्रहरुमा समेत परिचालन गर्ने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । मोर्चालाई अझ बढी व्यापक र प्रभावकारी बनाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभन्दा बाहिर रहेका राजनीतिक पार्टी र मोर्चालाई समावेश गरिने जनाईएको छ । press-release-1(3)
वीरगञ्ज नाका खोल्नुपर्छ भनेर अभिव्यक्ति दिएको भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको कडा आलोचना गरिएको छ । अब उप्रान्त यस्ता कार्य र अभिव्यक्ति नदोहो¥याउन समेत संयुक्त प्रेस विज्ञप्तिमा अध्यक्ष महतोलाई सचेत गराएको छ ।
मोर्चा आन्दोलनरत रहेकै बेलामा आन्दोलन फिर्ता लिएको वा आन्दोलनरत शक्ति पराजित भएको भनि  विभिन्न प्रचारबाजी, भएको भन्दै  मोर्चाले खेद प्रकट गरेको छ ।  मोर्चाको नाकाअवरोध तथा बन्द बाहेकका संघर्षका कार्यक्रमहरु समेत तय गरेको छ ।
माघ २९ गते जिल्ला सदरमुकामहरुमा मसाल जुलूस प्रदर्शन गर्ने, फाल्गुन ५ गते  जिल्ला सदरमुकामहरुमा लाठी जुलूस प्रदर्शन गर्ने, फाल्गुन ७ गते, जिल्ला सदरमुकामहरुमा विरोध सभा गरी मोर्चाले राखेका ११ बुँदे माग जन समक्ष प्रस्तुत गर्दै गाउँ तथा नगरहरुमा जनमत संकलनका रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय भएको छ । press-release-2
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको संयुक्त प्रेस विज्ञप्तिमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको हस्ताक्षर रहेको छ । उक्त प्रेस विज्ञप्तिमा मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने हस्ताक्षर गरेको छैन ।
यता संयुक्त लोकतान्त्रिक मोर्चाका घटक दलका नेताहरुले जारी गरेको प्रेस विज्ञप्ति फर्जी स्टाइलको भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।