
मोरंग, डाइनिया बस्ने १७ वर्षीय युवा विक्रम सहनीसंग भेटने अवसर मिल्यो । विक्रम मधेश आन्दोलनका घाईते हुन । माध ७ गते मधेशीमेर्चा र युवासंघ बिच डाइनिया चौकमा झडप हुँदा सुरक्षाकर्मीले चलाएको रवरको गोली लागेर विक्रमले एउटा अाँखा गुमाएको छ । उनी त्यहाँ आन्दोलन हेर्न गएको थियो । विक्रम सानो छँदा उनले आफनो आमा गुमाएको थियो र अहिले आँखा । अब उसको पढाई कसरी पुरा हुन्छ र जीवन कसरी चल्छ भन्दै उनको बुवाको आँखा रसाएको थियो । यो कुरा भनिरहँदा त्यहाँ उपस्थित सबैको आँखा रसाएको थियो । विक्रमको आँखाको थप उपचार र सहज जीवनयापनको लागि मधेशीमोर्चा, सरकारका साथै सबैलाई सहयोग गरिदिनुहुन आग्रह गर्दछु ।
अधिकारकर्मी रीता साहको फेसबुक वालबाट



