• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तेह्र बर्ष पछि फरार अभियुक्त पक्राउ

राम नारायण पंडित
सिरहा, १६ माघ । सिरहा प्रहरीले लागुऔषध मुद्दाका फरार दुई अभियुक्तलाई १३ बर्ष पछि नियन्त्रणमा लिएको छ ।
लागुऔषध मुद्दामा अदालतबाट सजाय पाएपछि फरार भएका दुई अभियुक्तलाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–११ का ५७ बर्षिय शान्तबीर लामा र गोलबजार नगरपालिका–८ का गंगा प्रसाद यादव रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार लामा लागु औषध गाँजा र यादव लागु औषध चरेश मुद्दामा अदालतबाट सजाय पाएपछि फरार थिए । जिल्ला अदालत सिरहाले २०५९ जेष्ठ २६ गते गरेको फैसला अनुसार लामालाई २ बर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना र २०५६ असोज ५ गते यादवलाई ११ महिना कैद सजाय तोकेको थियो । सजाय तोकेपछि लामा र यादव लुकिछिपी बस्दै आएका थिए । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको छ ।