मधेशी नेताहरु भारतको मुजफ्फरपुर जाँदैः मुख्य एजेण्डा मधेश आन्दोलन

मधेशी नेताहरु भारतको मुजफ्फरपुर जाँदैः मुख्य एजेण्डा मधेश आन्दोलन
Bwtech New Add With Software & Bull SMS

राजविराज, १६ माघ । मीडिया फोर बोर्डर हार्मोनी नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन मधेशवादी दलका नेताहरु भारतको मुजफ्फरपुर जान लागेका छन् ।
कार्यक्रममा सहभागी हुन् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, संघीय समावेशी गठबन्धनका नेताहरुका साथै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीलगायतका नेताहरु सहभागी हुन लागेका हुन् । आइतवार आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुुन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने शनिवारै प्रस्थान गर्नेछन् । अन्य पार्टीका नेताहरु भने आ–आफ्नो सुविधा अनुसार आईतवार मुजफ्फरपुर प्रस्थान गर्ने जानकारी प्राप्त भएको छ ।
आन्दोलनलाई अगाडि बढाउन बिहारका सांसद र विधायकहरूको भूमिका तथा सम्पूर्ण मधेशवादी दलका नेताहरु सम्मिलित महागठबन्धन बनाउने विषयमा समेत बिचार विमर्श हुने जनाईएको छ । बिहारका कतिपय सांसद र विधायकले दिल्ली सरकारको नीति विपरीत खुलेरै मधेश आन्दोलनको पक्षमा वकालत गर्दै आएका छन् ।
संविधान संशोधन पछि भारत सरकारले नेपालको यस कदमलाई सकारात्मक रूपमा लिएको र काठमांडौंसँगको सम्बन्ध सुधारको प्रयास शुरू गरेको छ । संविधान संशोधन पछि दिल्लीले मधेशी मोर्चाका शीर्ष नेताहरूलाई आन्दोलन फिर्ता लिन लगातार दबाब दिँदै आएको श्रोतले जनाएको छ ।
काठमांडौं स्थित भारतका राजदूत ‘रञ्तित रे’ ले आफै मोर्चाका शीर्ष नेताहरू लाई फोन गरी आम हडताल फिर्ता लिन र नाकाबाट आफ्ना कार्यकर्ता हटाउन दबाब दिएको एक नेताले जानकारी दिए । दिल्लीले आफ्नो समर्थन फिर्ता लिएपछि मधेशी मोर्चाका नेताहरू बिहार र यूपीका नेताहरूसँग समर्थन जुटाउन विभिन्न तरीकाले लबिङ्ग गरिरहेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *