दलगत स्वार्थभन्दा माथि उठेर आन्दोलन निर्णायक बनाउनुपर्छः उपाध्यक्ष साह

दलगत स्वार्थभन्दा माथि उठेर आन्दोलन निर्णायक बनाउनुपर्छः उपाध्यक्ष साह
Bwtech New Add With Software & Bull SMS

नेपाल–भारत मैत्री युवा संघद्वारा अन्तरक्रिया
राजविराज, १५ माघ । सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ले नेताहरुले दलगत स्वार्थ भन्दा माथि उठेर मधेश आन्दोलनलाई निर्णायक बनाउनुपर्नेमा जोड दिएका छन् ।
मित्रराष्ट्र भारतको ६७औं गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री युवा संघ सप्तरीले शुक्रवार राजविराजमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । ‘नेपाल एवम् भारत के यूवाओं की दृष्टिमे मधेश आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले आफूहरु पृथकवादी आन्दोलनको पक्षमा नरहेको भन्दै नेपालभित्रै मधेशी जनताले हरेक क्षेत्रमा बराबरीको अधिकार खोजिरहेको बताउँदै भने ‘आन्दोलनरत मधेशवादी दलका नेताहरुले दलगत स्वार्थ भन्दा माथि उठेर आन्दोलन निर्णायक बनाउनुपर्दछ ।’
उनले मधेशी जनताको बलिदानीलाई खेर जान नदिन उपलब्धीलाई संस्थागत गराउनुपर्नेमा जोड दिँदै आफूले गाडीमा झुण्ड्याउँदैआएको पार्टीको झण्डा हटाएर कालो झण्डा राख्ने घोषणा समेत गरे । सोही कार्यक्रममा सदभावना पार्टीका उपाध्यक्ष साहले भारतीय स्वतन्त्रता सङ्ग्राममा मधेशी जनताले साथ दिएको प्रसङ्ग कोट्याउँदै भारतीय जनताले समेत मधेश आन्दोलनलाई सघाउनुपर्नेमा जोड दिए ।2
कार्यक्रममा जनता दल यूनाईटेड विहारका प्रवक्ता मनोज कुमार सिंहले मधेश आन्दोलन सफल पार्नका आफुहरुलाई सिनियर लिडरहरुले नेपालमा खटाएको बताउँदै आन्दोलन सफल नभएसम्म निरन्तर आफूहरुको सहयोग र समर्थन रहने प्रतिवद्धता व्यक्त गरे । अलग–अलग सङ्गठन बनाएर मधेशवादी दलका नेताहरुले आन्दोलन गरिरहेका कारण आन्दोलनले अपेक्षाकृत सफलता पाउन नसकेको बताउँदै उनले भने ‘छुट्टा–छुट्टै गुट भन्दा एकजुट भएर अगाडि वढनु जरुरी छ, यस्तै शैलीबाट आन्दोलन भईरह्यो भने उद्देश्य प्राप्त हुन्छ नै भन्न सकिँदैन ।’ राष्ट्रिय जनता दल निर्मलीका अध्यक्ष सकिल अलिले भारत र मधेशका बीच रोटीबेटीको सम्बन्ध भएको जिकिर गर्दै यस्तो सम्वन्धमा आँच आउन नदिनकालागि बलिदानी दिन समेत तयार रहेको वताए ।
राष्ट्रिय जनता दल निर्मलीका स्थानीय युवा नेता महेश कुमार यादव, मनोज यादव, यूनाइटेड दलका पिन्टु मेहता, भारतीय जनता दलका यूवा नेता अशोक मेहता, वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति विष्णुकुमार मण्डल, वरिष्ठ पत्रकार अनिल कुमार अनल, सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, प्रा. सुरेन्द्र प्रसाद गुप्ता, युवा नेता केदार यादव, स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशीलगायतले मधेश आन्दोलनमा युवाहरुको भूमिकाबारे धारणा राखे । 3
युवा संघका सप्तरीका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन मधेशी युवा विद्यार्थी मोर्चाका संयोजक तारकेश्वर यादव तथा स्वागत मन्तव्य संघका सदस्य जिबछ दासले व्यक्त गरे ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *