• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोर्चाले कांग्रेस–एमालेको कार्यक्रम बिथोल्ने

बृजमान तामाङ
बिरेन्द्र बजार, १४ माघ । संयुक्त मधेशी मोर्चा क्षेत्र नम्बर– १ सप्तरीद्वारा कांग्रेस, एमाले, एमाओवादीसहितका मधेश बिरोधी पार्टीले सञ्चालन गर्ने सबैखाले औपचारिक कार्यक्रम बिथोल्ने निर्णय गरेको छ ।
संयुक्त मधेशी मोर्चा क्षेत्र नम्बर–१ सप्तरीका संयोजक अनोज कुमार यादवको अध्यक्षतामा बिहिबार सप्तरीको कञ्चनपुरमा आयोजित बृहत बैठकले मधेश बिरोधी पार्टीद्धारा सञ्चालन गर्ने कार्यक्रम बिथोल्ने निर्णय गरेको हो । क्षेत्र नम्बर–१ अन्तर्गतका दुईवटै नगरपालिका सबै गाबिसका प्रतिनिधी सहभागी बैठकबाट नेपाली काँग्रेस क्षेत्र नम्बर–१ का क्षेत्र, नगर र गाउँमा हुने अधिवेशन र एमाले निकट यूवा संघद्वारा रुपनगरमा माघ २२ गते आयोजना गर्न लागेको जनजागरण अभियानलाई बिथोल्ने निर्णय भएको मोर्चामा आबद्ध संघिय समाजबादी फोरम नेपाल सप्तरीका सदस्य रामेश्वर यादबले जानकारी दिए ।
यसैगरी मोर्चाले सम्बन्धित कार्यक्रम आयोजकहरुलार्ई कार्यक्रम सञ्चालन नगर्न आग्रह गर्ने तथा शान्तिपुर्ण रुपले गरेको आग्रहलाई बेवास्ता गरे कडा प्रतिकारमा उत्रने समेत निर्णय गरेको मोर्चाका संयोजक यादवले बताए ।