
राकेश साह
विरगञ्ज, ३ माघ । नेपाल सदभावना पार्टीको बिस्तारीत बैठकबाट पर्सा जिल्लाबाट महासचिव पदमा मनोनित महासचिव शिव पटेल लगायत ६ जनालाई पर्सा जिल्ला कार्य समितिले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा सह–कोषाध्यक्ष चन्द्रभुषण साह, केन्द्रीय सदस्य अनिरुद्ध सिंह, अनुशासन समिती सदस्य नागेन्द्र सिंह र संसदिय समिती सदस्य पप्प पटेल र जयमंगल सिंह रहेका छन् । पर्सा जिल्ला अध्यक्ष मनोज कर्णको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा पर्सा प्रवक्ता सुजित त्रिपाठी,उपाध्यक्ष भाररिथ मुखिया, संतोष साह,सचिव कृष्णा पटेल, कोषाध्यक्ष प्रदिप यादव,सहकोषाध्क्ष भरत सर्राफ, वीरगंज नगर संयोजक भागीरथ साह महिला मञ्च पर्सा अध्यक्ष अनिता रौनियार, केन्द्रीय उपाध्यक्ष मुनी श्रीवास्तव, महिला नेतृ संगीता तिवारी, युवा नेता अनिल गुप्तालगायतको सहभागिता रहेको थियो ।
नवनियुक्त पदाधिकारीहरुलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले फूलमाला र अबिर लगाई स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पटेलले बिगत २२ बर्ष देखि मधेस र मधेसीको हक अधिकारको लागि निरन्तर अवाज उठाउदै आएकोले पार्टीले थप जिम्मेवारी दिदै महासचिव पदमा मनोनय गरेको बताए । जारी मधेस आन्दोलनमा पर्सा जिल्ला कार्य समितिका सम्पुर्ण पदाधिकारीहरुको महत्वपुर्ण भुमिका रहेकोले पार्टीले यस जिल्लाबाट ६ जनालाई केन्द्रीय कार्य समितीमा मनोनयन गरेको नेता पटेलले स्पष्ट पारे ।
यसैगरी पार्टीले मधेसी आन्दोलनका मसिहा स्व. गजेन्द्र नारायण सिंहको १३ औं पुण्यतिथीको अवसरमा माघ १० गते वीरगञ्जमा अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टीलाई थप व्यवस्थित बनाउन पर्सा जिल्लामा पार्टीको कार्यालय निर्माण गर्न महासचिव शिव पटेलको नेतृत्वमा भवन निर्माण कार्यसमिति गठन गरेको छ । पार्टीले आसन्न महाधिवेसनको पुर्व तयारीको लागि पर्सा जिल्लाको ५ वटै क्षेत्रमा संगठन बिस्तार गर्ने समेत निर्णय गरेको प्रवक्ता सुजित त्रिपाठीले बताए ।



