
राम नारायण पंडित, सिरहा, ०३ माघ । सिरहामा मोटरसाइकल चेकजाँचमा कडाई गरिएको छ ।
मधेशमा लामो समयदेखि जारी रहेको आन्दोलनका कारण सबारी साधन चेकजाँचमा केहि खुकुलो रहे पनि अब मोटरसाइकल चेकजाचमा कडाइ गरिएको अस्थायी टा्फिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक अर्जुन सोडारीले बताए । खास गरी बिना हेलमेटको, बिना नम्बर प्लेटको, मादकपदार्थ सेबन गरी, क्षमता भन्दा बढी व्यक्ति सबार भएको मोटरसाइल र चालकहरुलाई नियन्त्रणमा लिइ प्रकृति हेरी कानुन बमोजिम कार्बाही गरिरहेको उनले जानकारी दिए । चेकजाँचको क्रममा शनिबार नियन्त्रणमा लिइएको १ सय भन्दा बढी चालकहरुलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक कबिन्द्र कार्की र अस्थायी टा्फिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक अर्जुन सोडारीले एक घण्टा टा्फिक सम्बन्धि प्रशिक्षण दिइएको थियो । यो क्रम जारी नै रहेको नायब निरिक्षक सोडारीले बताए ।



