• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीका शिक्षण संस्थाहरुमा हस्ताक्षर अभियान

सप्तरीका शिक्षण संस्थाहरुमा हस्ताक्षर अभियान

राजविराज, २७ पुस । सरकारको दमनकारी नीति एवम् षडयन्त्रको बिरुद्धमा मधेशी मुक्ति आन्दोलनको समर्थनमा सोमबार १ सय ५० औं दिन राजविराजका विभिन्न शिक्षण संस्थाहरुमा हस्ताक्षर अभियान सम्पन्न भएको छ ।

सदभावना पार्टीको पुर्व निर्धारित कार्यक्रम अनुसार मधेशी मोर्चा सप्तरी तथा मधेशी विद्यार्थी मोर्चा सप्तरीद्वारा राजविराजस्थित मिशन क्याम्पस, मोडेल क्याम्पस तथा के.अ. मा.वि.मा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । कार्यक्रममा विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले युवा विद्यार्थी शक्तिसामु दुनियाको कुनै पनि शक्ति टिक्न नसक्ने बताए । विश्वको ईतिहासमा कुनै सेना प्रहरीको बलमा कुनै पनि तानासाह नटिकेको भन्दै सम्पुर्ण युवा विद्यार्थीहरु एकजुट भएर आन्दोलनलाई सशक्त बनाउन उनले आग्रह गरे ।
अभियानमा विद्यार्थीं मञ्चका केन्द्रीय सदस्य शम्भु यादव, मधेशी युवा विद्यार्थी मोर्चाका नेताहरु चन्द्रनारायण दास, दिनेश शर्मा, संजीव दास, दिनु साह, सुमन ठाकुर, सर्वेश्वर झालगायतका नेता तथा कार्यकर्ताहरुको सहभागितामा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।
यसैबीच जारी मधेश आन्दोलनको १ सय ५० दिनको अवसरमा मधेशी मोर्चा सप्तरीले एक दिने उपवास बस्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।