• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

युवा तथा खेलकुद मन्त्री मण्डललाई जन्मस्थानमा स्वागत

युवा तथा खेलकुद मन्त्री मण्डललाई जन्मस्थानमा स्वागत

बोधराज सुवेदी
महुली, २५ पुस । राजधोव समुदायबाट नेपाल सरकारको पहिलो मन्त्री युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डललाई जन्मस्थान सप्तरीको भगनी मलेठमा शनिवार स्वागत तथा अभिनन्दन गरिएको छ ।
सप्तकोशी नगरपालिका वडा नम्वर– ५ का वासिन्दा लगायत जनसमुदायद्वारा अभिनन्दन उनलाई अभिनन्दन गरिएको हो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य रामप्रित पासवान, पार्टीका केन्द्रीय सदस्य सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष गोविन्द न्यौपाने लगायतको उपस्थिति रहेको थियो । लामो समयदेखि बामपन्थी आन्दोलनमा सक्रिय रहँदैआएका मण्डल राजधोव समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।