पटनामा नेपाल–भारत सम्बन्ध कार्यशाला गोष्ठी सम्पन्न, नेपालसँग रगतको सम्बन्ध रहेको ठहर

पटनामा नेपाल–भारत सम्बन्ध कार्यशाला गोष्ठी सम्पन्न, नेपालसँग रगतको सम्बन्ध रहेको ठहर
Bwtech New Add With Software & Bull SMS

पटना, २५ पुस । चिती प्रज्ञा प्रवाह ईकाई कमिटी पटनाले आयोजना गरेको नेपाल भारत सम्बन्धी कार्यशाला गोष्ठी शनिवार पटनामा सम्पन्न भएको छ ।
विश्व संवाद केन्द्रको सभाहलमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी पुर्वराज्यपाल एवं राजदूत श्री एन. एन. झाले नेपालमा उत्पन्न समस्या त्यहाँकै राजनितीक दलले आपसी समझदारीमा समाधान गर्नुपर्ने धारणा राख्दै बिगत पाँच महिनादेखि जारी मधेस आन्दोलनलाई राजनितीक सहमतीका आधारमा सम्बोधन गर्नुपर्ने बताए । नेपालमा आधी भन्दा बढी आवादी रहेको मधेसी समुदायलाई राज्यको हरेक सुख सुबिधाबाट बंचित गरेको हुनाले वर्तमान परिस्थिती सृजना भएको बताउदै नेपालको एकता, अखण्डता र बिकासमा मात्र भारत हेर्न चाहेको बताए ।
मधेस आन्दोलनको आडमा केही गलत तत्वहरुले भारतलाई बिना कारण बदनाम गरी भारत बिरोधी गतिबिधी नेपालमा गरिरहेको धारणा राख्दै मधेसीहरुले गरेको नाकाबन्दीलाई भारतसँग जोडेर नेपालमा भारत बिरोधी गतिबिधी गर्नेहरुको षड्यन्त्र भएको बताए । झाले नेपाल र भारतको रोटी बेटीको सम्बन्ध मात्र नभई रगतको सम्बन्ध भएको बताउदै भारत नेपालको बिखण्डनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
कार्यक्रममा बोल्दै बिहार बिधान सभाका सदस्य हरेन्द्र प्रतापले नेपालका ठुला राजनितीक दलका महत्वकांक्षाको कारणले वर्तमान परिस्थित सृजना भएको बताउदै नेपाल बिखण्डन भए भारतलाई नोक्सानी मात्र हुने र भारत बिरोधी तत्वहरु नेपालमा हावी भईरहेको बताए । नेपालमा जारी अस्थितरतामा युरोपियन युनियन र चाइनाको वर्चस्वका कारण नेपालको एकता र अण्डतामाथि संकट आएको बताए । भारत जहिले पनि नेपालको एकता अखण्डता र आर्थिक सम्पन्नताको पक्षमा रहेका प्रष्ट पारे ।
कार्यक्रममा बोल्दै भाजपाका बरिष्ठ नेता एवं पुर्वकेन्द्रीय मन्त्री डा. सञ्जय पासवानले नेपालमा भारत बिरोधी गतिबिधीहरु तिब्र भईरहेको बताउदै नेपालमा उत्पन्न समस्याको राजनितक सहमतिबाटै समाधान गर्नुपर्ने बताए । नेपाल र भारतको परिवारीक, साँस्कृतिक र धार्मिक सम्बन्ध रहेको धारणा राख्दै नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि दुवै देशका बुद्धिजिवी एवं राजनितीककर्मीहरुले कदम चाल्नुपर्ने बेला आएको बताए ।
नेपालको तर्फबाट बोल्दै मधेस अध्ययन केन्द्रका केन्द्रीय अध्यक्ष एवं फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य बिजय महासेठले नेपालमा मधेसीहरुसँंग अनुहारको आधारमा भेदभाव हुने गरेको बताउदै ५२ प्रतिशत मधेसीहरुलाई अधिकार र पहिचानबाट बञ्चित गरी पुनः दास बनाउने चलखेल भइरहेको बताए । पुर्व सभासद जगदिश दासले नेपालका सत्ताधारी दल एवं पहाडी मानसिकताबाट ग्रसित राजनितीक दलले मधेसी, अदिवासी, जनजाति, दलितलाई सदियौदेखि गुलाम बनाएको बताउँदै अधिकारको लागि आन्दोलन गर्दा बिखण्डनकारीको संज्ञा दिनु दुखद् भएको बताए ।
संघिय समावेशी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवले नेपालको हरेक परिर्वतनकारी आन्दोलनमा भारतको अभिभावकीय भुमिका रहेको बताउदै जारी मधेस आन्दोलनमा प्रमुख तीन दलले मधेसीहरुसँग गरेको व्यवहारले धेरै कुरा प्रष्ट पारेको बताए । मधेसीहरुले अधिकार,पहिचान र स्वभिमानको लागि गरिरहेको आन्दोलनमा राज्यद्वारा सम्बोधनको साटो आन्दोलन तुहाउने काम मात्र गरेको बताउदै मधेसमा रहेका उद्योग ,कलकारखानाहरु बन्द गराउने सरकारले मधेसी युवाहरुलाई खाँडी मुलुकहरुमा जान बाध्य बनाएको बताए ।
मधेस अध्ययन केन्द्रका नारायणी अञ्चल संयोजक एवं युवा गठबन्धनका सल्लाहकार ओमप्रकास सर्राफले मधेसमा आन्दोलन गर्नेमाथि राज्यले बुलेट चलाउनु र काठमाडौंमा आन्दोलन गर्नेमाथी पानीको फोहरा हाल्नुले राज्यले मधेसीहरु संग जहिले पनि दास्रो दर्जाको नागरिक सरह नै व्यवहार गरिरहेको बताउँदै हिमाल, पहाडमा आन्दोलन हुँदा ६ दिनमै सम्बोधन हुनु र मधेसमा ५४ जनाको बलिदानीका साथै ५ महिनादेखि आन्दोलन भइरहँदा समेत राज्यले उपेक्षा गर्नु दुर्भाग्यपुर्ण भएको बताए ।
कार्यक्रममा बोल्दै मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले नेपालका ठुला पार्टीहरुले मधेसीहरु संग गरेको सम्झौता ईमन्दारीपुर्व लागु नगरेको कारण वर्तमान परिस्थिती सृजना भएको बताउदै मधेसका माँगहरु अबिलम्ब सम्बोधन गर्नुको सटा बार्ताको नाममा सरकारले नौटंकी मात्र गरिरहेको बताए । प्रमुख दलहरु संगै राजधानी केन्द्रीत सञ्चार गृहले समेत मधेसीहरुसँग बिभेद गर्नुको साथै देशको अस्थिरता निराकरणमा भुमिका निर्वाह गुर्नको सटा सम्प्रदायिकता फैलाउने काम मात्र गरेको बताए । चितीका पटना ईकाई संजोजक एवं पत्रकार किसकान्त ओझाको सभापतित्वमा सम्पन्न गोष्ठीमा भाजपा नेता रबिन्द्र रायले धन्यवाद ज्ञापन गरे ।
पटना गएको टोलीले बिहार सरकारका सहकारीता मन्त्री एवं आरजेडी पार्टीका युवा मञ्चका राष्ट्रिय अध्यक्ष आलोक कुमार मेहता, बिद्यायक समीर महासेठ, व्यापार प्रकोप महासचिव गोबिन्द मेहतालगायतका नेताहरुसँग भेटघाट गरेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *