Top_Header_Right_Add

अज्ञात समूहको गोली प्रहारबाट एक विद्यार्थी घाइते

अज्ञात समूहको गोली प्रहारबाट एक विद्यार्थी घाइते

राजविराज, २४ पुस । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–२ मा अज्ञात व्यक्तिहरुको समूहले शुक्रवार दिउँसो गरेको गोली प्रहारबाट एक जना युवक घाइते भएका छन् ।
नम्वर नखुलेको डिस्कोभर मोटरसाइकल चढेर आएका तीन जनाको समूहले गरेको गोली प्रहारबाट चनौरा–पडरिया टोलका १७ वर्षिय दिपक ठाकुर गम्भीर घाइते भएका हुन् । उक्त समूहले करिब डेढ बजेको समयमा प्रहार गरेको गोली ठाकुरको बायाँ कुममा लागेको छ ।
गोली प्रहारबाट घाइते भएका ठाकुरलाई उपचारको लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उक्त समूहले चार पटक फाइरिङ्ग गरेको भए पनि आफूलाई एक गोली मात्र लागेको घाइते ठाकुरले जानकारी दिएका छन् ।
स्थानीय ग्रीन इङ्गलिस बोर्डिङ्ग स्कूलको कक्षा ९ मा अध्ययनरत रहेका ठाकुरलाई गोली हान्ने व्यक्तिहरुको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनापछि राजविराज नगरपालिका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । DSC06799

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer