• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अधिकारप्राप्तिको आन्दोलनमा पत्रकार महासंघले समर्थन गर्नुपर्छः पूर्व अध्यक्ष झा

अधिकारप्राप्तिको आन्दोलनमा पत्रकार महासंघले समर्थन गर्नुपर्छः पूर्व अध्यक्ष झा

वीरगञ्ज २२ पुस । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले अधिकारको आन्दोलनमा पत्रकार महासंघले समर्थन जनाउनुपर्नेमा जोड दिएका छन् ।
बाराको कलैयामा संचारकर्मीहरुसँग बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा पुर्व अध्यक्ष झाले पत्रकार महासंघले अधिकार प्राप्तिकालागि विगतमा भएका आन्दोलनहरुमा समेत समर्थन गरेको बताए । उनले पत्रकारहरु आवाज बिहिनहरुको आवाज बन्नुपर्ने कुरामा जोड दिदै लोकतन्त्र बलियो भए मात्र प्रेस बलियो हुने बताए ।
पूर्व अध्यक्ष झाले तराईमा जन्मेहुर्केको नाताले तराई मधेशमा जारी आन्दोलनको सम्बन्धमा आफ्नो कर्तव्य सम्झेर तराई मधेशमा पत्रकारिता गरिरहनु भएका पत्रकारहरुको समस्याहरुलाई बुझ्न आफू आएको बताउँदै मधेशी जनताको अधिकारको पक्षमा कलम चलाउन आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघ संघका मध्यमाञ्चल संयोजक शितल महतोले आचारसंहिता पालन गर्न आग्रह गरे । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष राकेश पाण्डे, अग्रज पत्रकार सत्यप्रकाश श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शुभाष साहलगायतका पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।