• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संघका केन्द्रीय सदस्यद्वय कर्ण र यादवलाई स्वागत

संघका केन्द्रीय सदस्यद्वय कर्ण र यादवलाई स्वागत

वीरगञ्ज, १३ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीको भातृ संगठन तराई मधेस महिला संघको केन्द्रीय सदस्यमा मनोनित रेखा कर्ण र पिंकी यादवलाई सोमवार एक कार्यक्रमका बिच स्वागत एवम् सम्मान गरिएको छ ।

तराई मधेस महिला संघ पर्साको आयोजनामा सम्पन्न कार्यक्रममा तमलोपाका केन्द्रीय सदस्य एवं पर्सा अध्यक्ष पुरुषोत्तम झा, उपाध्यक्ष जटाशंकर गुप्ता, युवा नेता संतोष तिवारी, पुर्व पर्सा जिल्ला अध्यक्ष बिनोद चौरसिया ,युवा फ्रन्टका सह–महासचिव देवानन्द यादव, महिला नेतृहरु राबडी देवी, लवगी देवी, अमृता झा, शिला देवीलगायतले कर्ण र यादवलाई शुभकामना एवं बधाई दिएका छन् ।
शुभकामना कार्यक्रम संघकी अध्यक्ष रेखा साहको सभापतित्वमा सम्पन्न भएको थियो । दुवै जना मधेसवादी राजनितीमा सक्रिय भुमिका निर्वाह गर्दै पार्टीको सिद्धान्तमा रही लामो समयदेखि काम गर्दै आएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा महिला संघको पुस ३ गते बसेको बैठकबाट मनोनित गरिएको थियो ।