Top_Header_Right_Add

नाइजेरियामा फेला पर्यो तीन सय सिया मुस्लिमको शव, सेनामाथि हत्याको आरोप

नाइजेरियामा फेला पर्यो तीन सय सिया मुस्लिमको शव, सेनामाथि हत्याको आरोप

राजविराज, ९ पुस । नाइजीरियाका सेनाले करिब तीन सय शिया मुस्लिमलाई हत्या गरेर उनीहरुको गाडिदिएको आरोप लगाइएको छ ।

ह्यूमन राइट्स वाच (एचआरडब्लु) को एक प्रतिवेदन अनुसार नाइजीरियाको उत्तरी शहर जारियामा भएको हमलाका क्रममा सेनाले शिया मुस्लिमहरुको हत्या गरेको छ । यद्यपी नाइजीरियाई सेनाका प्रवक्ता ब्रिगेडियर जनरल राबे अबुबकरले सेनाले कसैको हत्या नगरेको दावी गरेका छन् । यद्यपी सेनाको बयानलाई ह्युमन राइट्सले गलत ठहर गरेको छ । उक्त सङ्गठनले यस क्रममा स्वतन्त्र न्यायिक छानबिनको माग गरेको छ । घटनालाई विश्वभरीका शिया मुसलमानहरुले व्यापक विरोध जनाएको छ । एचआरडब्लुका अनुसार मारिएका व्यक्तिहरुको संख्या यकिन गर्न कठिन छ । अस्पताल, श्रोत र अन्य प्रत्यक्षदर्शिहरुबाट तथ्यांक संकलनको प्रयास भइरहेको छ । एचआरडब्लु अफ्रीकाका निर्देशक डेनियल बेकलले ‘‘एक क्रुर अनावश्यक प्रतिक्रिया भएको बताएका छन् ।
अर्काेतर्फ शिया समुदायले यस मामलाको जाँच गर्नका लागि सरकारद्वारा गठित समितिलाई खारिज गरिदिएको छ । उनीहरुले उक्त समिति सेनाकै हकमा फैसला गर्ने जनाइएको छ । सेनाले भनेको छ ‘शिया समुदायका सेना प्रमुख जनरल टुकुर बुराताईको हत्या गर्न खोजेको छ । सेनाले केही तस्विरहरु समेत सार्वजनिक गर्दै शिया समुदायका केही व्यक्तिहरुले हातमा लाठी लिएर तयार भएका छन र सेनामाथि पत्थरबाजी जारी रहेको बताएका छन् । यद्यपी उनीहरुले यस्तो आरोप अस्वीकार गरेका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer