मोर्चालाई खुट्टा नकमाउन गठबन्धनका नेताहरुको आग्रह

मोर्चालाई खुट्टा नकमाउन गठबन्धनका नेताहरुको आग्रह
Bwtech New Add With Software & Bull SMS

मुकुण्डो फेर्ने ओली सरकारको भ्रममा नपरौंः भण्डारी

 माग पुरा नभएसम्म मोर्चाको खुट्टा नडगमगाओस्ः गुप्ता
मोर्चा एक कदम बढे गठबन्धन दश कदम अगाडि बढ्छः यादव
राज्यसत्तासँग अंश र वंशको लागि हाम्रो लडाई होः झा

राजविराज, ७ पुस । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले वर्तमान सरकारका प्रधानमन्त्रीसहितका मन्त्रीहरु झुठको खेती गरेर आन्दोलनलाई सम्बोधन गर्न नचाहेको बताएका छन् ।
मधेशी मोर्चा सप्तरीले राजविराज स्थित गजेन्द्र चौकमा मङ्गलवार आयोजना गरेको बृहत विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले छिनछिनमै कुरा फेर्ने गरेको चर्चा गर्दै उनले भने ‘प्रधानमन्त्री ओलीजीले नै वार्ताबाट समस्या समाधान गर्ने पक्षमा छैन, आन्दोलनरत पक्षसँग एक थरिको कुरा गर्नुहुन्छ भने अन्यत्र सिमांकनमा एक इन्च पनि हेरफेर नहुने कुरा गरिराख्नुभाको छ ।’ DSC04762
काठमाण्डौका डबलीमा खेलिने नाटकमा एउटै कलाकारले देउता र राक्षसको भूमिका निभाए जस्तै वर्तमान सरकार पनि रुप फेर्ने कलाकार भएको उनले बताए । पूर्व रक्षामन्त्री समेत रहेका भण्डारीले भने ‘वर्तमान सरकार घरी देउताको र घरी राक्षसको मुकुण्डो लगाएर आमजनतालाई भ्रममा पार्ने काम गरिरहेको छ ।’ DSC04740
चरम निरंकुश शैलीबाट वर्तमान सरकार अगाडि बढिरहेको आरोप लगाउँदै दुनियाँको कुनै पनि कुनामा लोकतान्त्रिक शक्तिको जीत र निरंकुशवादी शक्तिको सत्यानास भएको बताए । शान्तिपूर्ण मधेश आन्दोलनमा दश वर्षका बालकदेखि ७० वर्षसम्मका बृद्धहरुको भावना जोडिएको भन्दै अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी राख्न आह्वान गरे ।DSC04719
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी गठबन्धन बीच कुनै प्रकारको प्रतिष्पर्धा नरहेको प्रष्ट पार्दै सहयात्रीको भूमिका निर्वाह गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । मोर्चाले घोषणा गरेका कार्यक्रमहरुलाई नै आत्मसात गर्दै आफूहरु त्यसलाई निष्ठापूर्वक आत्मसात गर्दैआएको प्रष्ट पार्दै उनले भने ‘यो आन्दोलन कुनै पार्टी वा व्यक्ति विशेषको होइन, आम मधेशी जनताको आन्दोलन हो, माग पुरा नभएसम्म मोर्चालाई खुट्टा नकमाइकन लक्ष्यप्राप्तिकालागि अडिग रहन आग्रह छ ।4
जारी आन्दोलन सम्पूर्ण शोषित उत्पीडित जनताको आन्दोलन भएको भन्दै यो आन्दोलनलाई कसैले चाहेर पनि रोक्न नसकिने उनले दावी गरे । पूर्वमन्त्री समेत रहेका संयोजक गुप्ताले भने ‘आन्दोलनको मशाल सप्तरीमा ननिभेसम्म मधेशमा आन्दोलनको मशाल दन्किरहनेछ ।’
मधेशी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मोर्चाबन्दीका लागि आफूहरु बिना शर्त सहकार्य गर्न तयार रहेको भन्दै आवश्यक पहल थाल्न मोर्चाका नेताहरुसँग आग्रह गरे । मधेश आन्दोलन मुक्ति आन्दोलन भएको चर्चा गर्दै उनले भने ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा यदी एक कदम अगाडि बढ्छ भने हाम्रो गठबन्धन दश कदम अगाडि बढ्छ ।’ आफूहरुले देश टुक्र्याउने आन्दोलन नगरेको भन्दै पूर्व सञ्चारमन्त्री यादवले नेपालभित्रै हरण गरिएको भूमी र हरेक निकाय र तहमा अधिकार प्राप्तिकालागि आन्दोलन गरिरहेको प्रष्ट पारे ।DSC04698
सोही सभामा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसीले लडी रहेको यो लडाई मधेसीले राज्यमा आफ्नो अंश खोज्न र मधेसमा मधेसीको वंशको रक्षाका लागि भएको बताए । राष्ट्रिय मिडियाहरु विभेदकारी रहेको भन्दै मधेशमा सञ्चालित सञ्चारमाध्यमहरुले मधेशका समाचारलाई प्राथमिकता दिईरहेकै कारण त्यस्ता सञ्चारमाध्यमहरुमाथि प्रेस काउन्सिलले बन्देज लगाउने प्रयास थालेको भन्दै त्यसविरुद्ध आफूहरुले समेत सशक्त कदम चाल्ने पूर्वमन्त्री झाले बताए ।
विरोधसभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका प्रवक्ता बलराम यादव, राजनीतिकर्मी सत्यनारायण यादव, सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरी, नेकपा माओवादीका केन्द्रीय सदस्य महेश यादव, नेकपा माओवादी (वैद्य)का केन्द्रीय सदस्य रामगमन साहलगायतले सम्बोधन गरेका छन् । मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित विरोधसभाको सञ्चालन राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले गरेका थिए ।

6

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *