• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गौरमा गोली चल्योः एक आन्दोलनकारीको मृत्यू, अनिश्चितकालिन कर्फ्यू

गौरमा गोली चल्योः एक आन्दोलनकारीको मृत्यू, अनिश्चितकालिन कर्फ्यू

राजविराज, ५ पुस । रौतहट जिल्लाको सदरमुकाम गौरमा आइतवार प्रहरीले चलाएको गोली लागेर एक आन्दोलनकारीको मृत्यू भएको छ ।
बीपी चौकमा भएको झडपका क्रममा भएको प्रहरीको गोली लागेर तेजापाकड वडा नम्वर–१ का १७ वर्षिय शेख तवरेजको मृत्यु भएको हो । दाहिने कोखामा गोली लागेर घाइते भएका उनको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको छ । तबरेजलाई कोखामा गोली लागेर ढलेको तबरेजलाई प्रहरीले करिब १५ मिनेटसम्म नियन्त्रणमा राखी बुट तथा बन्दुकको कुन्दाले हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।1 (1)
प्रहरी र प्रदर्शनकारी बीच भएको दोहोरो झडपका क्रममा प्रहरीले सयौं राउण्ड अश्रृँग्यास तथा गोली फायर गरेको छ । सोही क्रममा करिब एक दर्जन आन्दोलनकारी समेत घाइते भएको जनाइएको छ ।
दिनभरी गौर बजार तनावग्रस्त बन्न पुगेको थियो । तबरेज मारिएपछि आन्दोलनकारीहरु थप आक्रोशित भएका थिए । स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले बेलुकी ४ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।1 (2)

1 (5)
तस्विरहरुः पंकज दास