• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

महिला संघको केन्द्रीय सदस्यमा पिंकी र रेखा

महिला संघको केन्द्रीय सदस्यमा पिंकी र रेखा

वीरगञ्ज, ४ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीको भातृ संगठन तराई मधेस महिला संघको केन्द्रिय सदस्यमा महिला नेतृद्वव पिंकी यादव र रेखा कर्णलाई मनोनित गरिएको छ ।
पार्टीको केन्द्रिय कार्यालय बिजुली बजारमा बसेको बैठकले यादव र कर्णलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । दुवै जना मधेसको राजनितीमा सक्रिय एवं नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको र पार्टीको निति एवम् सिद्धान्तमा रही काम गर्दै आएकोमा पार्टीले उच्च मुल्यांकन गरी केन्द्रीय सदस्यमा मनोनित गरेको तराई मधेस महिला संघका केन्द्रीय अध्यक्ष एवम् पुर्वमन्त्री चन्दा चौधरीले बताईन । पिंकी यादव बारा जिल्ला निवासी हुन भने रेखा कर्ण पर्सा जिल्ला निवासी हुन् ।