
श्याम नारायण देव
नेपालको एकिकरण हुनु अघि ईसा पुर्बमा नै बिकसित भएको सभ्यताहरुमध्ये गोपाल सभ्यता, किराँत सभ्यता, मध्य तराई कपिलबस्तुमा शाक्य सभ्यता, र समान्त्तर जनकपुरमा (बिदेह) मिथिला सभ्यता गरि चारै सभ्यताको समिश्रणद्धारा नेपालको सभ्यता संस्कृति निर्माण भएको हामी पाउँदछौं । जहाँसम्म मधेश र मधेशीहरुको बारेमा भन्नु पर्दा मधेशीहरु अत्यन्तै प्राचिन जातीहरु मध्येमा नै पर्दछ ।
नेपालको निर्माण हुनु अघि देखि नै चुरेको दक्षिणी भुभाग अर्थात तराई मधेश भनिएको सम्पूर्ण क्षेत्रमा यिनको उपस्थिती र बाहुल्यता रहे भएको यर्थाततालाई किमार्थ पनि ईन्कार गर्न सकिदैन् । परापूर्ब कालदेखि नै पुस्तौ पुस्ता«देखि यहाँ बसोबास गर्दै आएकाहरुलाई भारतीय हुन भनि दोषारोपण गर्नु बिहानीलाई हत्केलाले छेक्नु शिवाय केही हुने छैन । यहाँ त राजतन्त्रात्मक ईतिहास नै नेपालको ईतिहास र सभ्यता हो भत्रे ब्याख्या र बुझाईले नै हामी अन्धराष्ट्रबादी चिन्तनमै तल्लिन भईरहेको अबस्था निकै पीडादायी र उदेक लाग्दो छ । जबकि यो यर्थात हुँदै होईन । यसमा ईतिहासबिद् तथा राजनीतिक बिश्लेशक डा.सुरेन्द्र केसीले २०७२ मंसिर ११ गतेको मधेशबाणी साप्ताहिकमा अन्तरवार्ताको क्रममा भन्नुभएको छ कि , यहाँ जान्ने, बुझ्ने, पढेलेखेका मानिसहरु अर्थात सही मानिसहरु सही ठाउँमा नभई दिँदा नागरिकमा सही तथ्यगत कुरा प्रवाह गरिएकै छैन । जसले गर्दा अन्धराष्ट्रबादको नारामा जनताको मष्तिष्क प्रदुषित पार्ने काम भईरहेको छ । 
अहिले नेपालको परिबर्तनमा भारतीय प्रभावको बारेमा कुरा गर्नु पर्दा बिजयमणि आ.दी.ले २०७२ मंसीर १५ गते 1st December 2015_ मा बिधुतिय सञ्चार मिडिया मार्फत आफ्नो लेखमा बिशेश्वर प्रसाद कोईरालाको भनाई उदद्धृत गर्दै भनेका छन् कि नेपाल र भारत दुई भिन्न देश होईनन् । जसअनुसार सन् १९५० को नेपाल भारतको सन्धीमा मोहन शम्सेर जबरा र पण्डित जबाहर लाल नेहरुले त्यसताका चीनको क्रान्तिको सम्भावित नेपालमा खतरा हुने देखेर राणा शासनको रक्षा गर्ने गरि नै भारतलाई नेपालमा प्रबेशको लागि सो १९५० को सन्धी गरिएको थियो । त्यसलाई बेवास्ता गर्दै पण्डित नेहरुले 31st & 32 2nd बंगाल राईफ्ल्सलाई मुक्ति सेना बनाई नेपाली कांग्रेसको नाममा नेपाल बिरुद्ध परिचालन गरिएको थियो ।
आजको भारत निर्माण हुनु अघि अन्तराष्ट्रिय खास गरि अमेरिका र बेलायतको दबाबमा परि राणा–कांग्रेस र दिल्ली सम्झौता गराएर मोहन सम्सेर पालामा राणा र कांग्रेसको मन्त्री मण्डल बनाएका थिए । जसबाटनै पछि राणा शासनको अन्त पनि भयो । तात्कालिन प्रधानमन्त्री मातृका प्रसाद कोईरालाले नेपालको परराष्ट्र र रक्षा औपचारिक रुपमै सुम्पिएर नेपालको सम्पूर्ण शासन ब्यबस्थालाई नै भारतीय दूतावासमै बुझाई सकेको तथ्यगत कुराहरु ग्रीष्म देबकोटा द्धारा लिखित पुस्तकमै पनि उल्लेख छ । पछि महेन्द्रको पालामा प्र.म. किर्तीनिधी बिष्टबाट भारतीय सैनिकहरुको बिदाई गरियो । त्यही बेलामा नेपाली कांग्रेसले भारतीय भुमीबाटै पुनः प्रजातन्त्रप्राप्तिकोलागी संघर्ष पनि गर्दै गरेको थियो । अनि २००७ सालमा सुवर्ण समसेरबाट नेपाल बिरुद्ध युद्धको घोषणा पनि भएको थियो ।
भारतीय पत्रकारमित्र स्व. रामअशिषजीले भनेका थिए, भारतले नेपालमा क्रान्ति गर्न २०४२ सालमा नेपाली कांग्रेसलाई दश करोड दिँदा नपुगेर फेरी मांग गर्दा अर्को पटक पन्ध्र करोड दिएकोमा त्यसमध्ये पाँच करोड तत्कालिन ने.क.पा. एमालेकी नेतृ साहाना प्रधान समेलाई दिएकै कारणबाट २०४६ सालको क्रान्ती सफल भएको थियो । साथै भारत चीन युद्ध हुँदाका बखत भारत पराजित भएको बेलामा नेपालमा चलिरहेको प्रजातन्त्रको पुनः स्थापना हुन सकेन । त्यस समयमा बी.पी. कोईराला भारतको डेरामै बसेर नेपालकोलागी प्रजातन्त्रको अभियानमा सङ्घर्षरत रहेको थियो ।
भारतले तिमी अब नेपाल जान्छौ कि जेलमा बस्छौ भनि भन्दा जेल बस्नु भन्दा नेपालनै फर्किनु बेस हुने ठानी नेपाल फर्किन राजी भई राजाको घाँटी र मेरो घाँटी संगै जोडिएको भनि अभिब्यक्ति समेत दिएका थिए । बि. पी. को राष्टभक्ति पनि स्मरण योग्य नै रहेको छ । २०१५ सालमा उनि प्रथम निर्वाचित प्रधान मन्त्री भएपछि नेहरुलाई रिझाउनकालागि हाम्रो भुपरिबेष्ठित भएकोले भारतमा पनि दुई सिट आरक्षण हुने ब्यबस्था गरि दिनु प¥यो भनि भनेका कुरा 4 –October 2005 sf] Times of India मा केशब प्रधानको केहि अंशबाट स्बतः पुष्टि हुन जान्छ । जुन यस प्रकार रहेको छ । Nepali congress ( N C) considred closest to new Delhi …..prior to this ,N,C, founded im kolkata in 1946 ( 47?) had never been conflict with India , It had rather been party to all most all treaties and agreements with New Dehli …… ( ? ) (Log onto Timesof India .com) को अनुुसार जातीय, धार्मिक, आर्थिक, रोटी,बेटी, आदी सबै दृष्ट्रीकोणबाट (नेपाल भारतबर्ष कै प्रमुख अङ्ग मात्र सकिन्छ ) ।
२०५२ सालमै पनि नेपाली कांग्रेस र एमालेद्धारा नेपाल सरकारको सत्ता सम्हालिएको बेला नेपाली जनताहरु तिनको क्रियाकलापबाट आजित भएको अबस्था भारतलाई चित नबुझिरहेको कारणबाट नयाँ शक्ति माओवादी पार्टीको जन्म हुनगई करिब १५ हजार नेपालीहतको ज्यान गएको कुरा हामीले बिर्सेका छैनौ । ती क्रान्तिको बारेमा भारतीय बिदेश सचिब अमेरिकालाई भनेका कुरामा कतिको सत्यता छ त्यो माओबादी नै जानुन् ,त्यो के भने हामीले माओवादीलाई किनेका थिर्यौ पछि उनिहरु हाम्रा भएनन् त्यसैले तपाईहरु पनि तालिवानलाई किन्ने भुल नगर्नु नै बेस होला ।
विगत २०४६ सालदखि नै प्रजातन्त्रको नाममा नेपाली कांग्रेस र एमाले पटक पटक यहाँको सत्तामा आसिन भईरहे । बिरासतकै कारणले भए पनि खास गरि स्व. गिरिजा प्रसाद कोईराला देशको प्रधानमन्त्री भई माओवादीलाई पनि जङ्गलबाट खुल्ला राजनीतिमा प्रबेश गराउनुका साथै गणतन्त्र , सेना समायोजन, राज्यको पुनरसँरचना, संघिय प्रणाली लगायत थुप्रै युगान्तकारी परिवर्तनहरु गराएको कारण माओबादी नेता कमरेड प्रचण्डले पनि गिरिजा बाबुलाई आदर्श पुरुषको रुपमा चित्रित गर्ने गर्दछन । जबकि स्मरण रहोस, तिनै गिरिजा प्रसादकै कार्यकालमा ५० लाख भारतीयहरुलाई नागरिकता दिनु मात्र नभई पहिलो मधेश आन्दोलन ताका मधेशबादी दलहरुलाई एक मधेश एक प्रदेश दिन्छु भनि बाचाको साथै सम्झौता नै गर्नु भएको थियो ।
हाल यता आएर अन्तरिम संविधानमा रहे भएका मधेशी, आदीबासी जनजाती, थारु, सिमान्तकृत पिछडाबर्गका हक हितका कुराहरुलाई उपेक्षा गर्दै हतार हतारमा ल्याईएका नेपालको संबिधानबाट सिमाङ्कन लगायतका कुराहरु बिमतिका कारण मधेश आन्दोलनको थाल्नि भई पच्चसौ निर्दोष मधेशीहरुको ज्यान गइसकेको छ । ंमधेशी मोर्चाले जायज मांग राखी गरिएको आन्दोलनबाट श्रृजित नाका अबरोधलाई भारतसँग जोडेर आन्दोलनकारी बिहारी हुन् र नाका अबरोधलाई भारतले गरेको नाकाबन्दी भनी बारम्बार सरकार र यहाँका कतिपय मिडियाहरुले फ्लाक्ने गरेका छन । त्यसमा अप्रत्यक्ष रुपमै भएपनि भारतको समर्थन नहोला भनि किटानीका साथ त भत्र सकित्र , तरके बिगतका दिनहरुमा नेपालको परिबर्तनकालागी भएको कुन यस्तो आन्दोलनहरु छन जसमा भारतको संलग्नता नभएको होस् ।
आफुहरुको हितकालागी भए गरेको आन्दोलनमा खल्लायाम चन्द्र शेखरले नेपालमा आएर भाषण दिंदा सारै उचित र जायज र आफुले गरेको गलत र नाजायज कृयालापका बिरुदमा गरेको आन्दोलनलाई गलत एंव बिहारीको संज्ञा दिनु कतिको उचित र जायन होला ? बिगतमा केही दिन राजधानी काठमाण्डौमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएको अबस्थामा बिहारका पुर्ब मुख्यमन्त्री लालु प्रसाद यादव र बिगतमा राजीव गान्धीले नेपालमा नाकाबन्दी गरेका कांग्रेसपार्टीका मणिशंकरले बिपक्षी प्र.म.मोदीलाई बिरोधयुक्त कटाक्ष गर्दै भनिएको अभिव्यक्तिलाई नेपाल सरकार र यहाँका कतिपय मिडियाले प्राथमिकताकासाथ प्रसारण गरिरहेको पनि देखियो । यसको मतलब सर्बसाधारणले भारतीय समाचार नसुनोस हामी मात्र सुनेर जे प्रसारण गरिदिन्छौ नागरिकले त्यही कुरा बुझेर अन्धराष्ट्रबादले बढाबा पाओस भनेर नै त होला नि होईन र कि कसो ? के गणतन्त्रमा वाक स्वतन्त्रता र नागरिकले सुसुचित हुने अधिकार यस्तै नै हुने गर्दछ कि क्या हो ?
जन आन्दोलनताका गुहमन्त्री रहेका हिन्दु धर्म एवं राजतन्त्रका हिमायती भनि कहलिएका रा.प्र.पा. नेपालका अध्यक्ष कमल थापा के लोभले हो कि कुन्नी धर्म निरपेक्षता सहितकै संधिान लागु गर्न सहमत भई नेपालीहरुलाई भारतीय अबरोध नाका खुलाई ईन्धन उपलब्ध गराउन भारतमा गई आर्ट अफ लिभिङ्कका गुरु स्वामी रबिशंकर जी माहाराजलाई माध्यम बनाई बिदेश मन्त्री सुष्मा स्वराजलाई चार बँुदे सहमति प्रस्ताबद्वारा मधेशीहरुको माँग सम्बोधन गरिने भनि बिश्वस्त पार्दै नेपालीहरु माझ सस्तो लोक प्रियता कमाउन पनि प्रयत्नशिल नभएका होईनन् । तथा र्सधियता नेपालकोलागि बेठिक भन्ने चित्र बहादुर केसी गरिब निबारण मन्त्री हुँदा अब देशमा ईन्धन अभाब र गरिबी निबारण हुनेमा कुनै तथ्ययुक्त आधार नै छैन् ।
मधेशीवादी नेताहरुले भारतबाट बोलाहट हुनासाथ आईरहने र नेपाली शासकहरु बेलानकुबेला दिल्ली धाईरहने तथा माथी बि.पी. कोईराला समेतले उल्लेख गरिएका बिगतदेखि बर्तमानसम्मका सम्पूर्ण कुराहरुलाई मनन गरि बिचार गर्ने हो भने नेपालको परिबर्तनमा भारतीय प्रभाव रहे भएको कुरामा कुनै बिबाद नहोला । मधेशीहरुलाई भारतसंग जोडी बिष बमनका साथै बिरोध गर्नुलाई नै राष्ट्रबाद भनि चित्रित गर्ने गरेको पाईन्छ । राष्ट्रको स्थिति र बास्तबिकता सबै सचेत नेपाली नागरिक सामु छर्लङ्क नै छ । त्यसको सानो उदाहरण मात्र आयल निगमको जी.एम. गोपाल खडकाले मात्र देखाएका छैनन् कि गृह मन्त्री शक्ती बस्नेतको कार्यहरुबाट समेत उदाङ्कगिएकै छ ।
एकातिर प्रधानमन्त्री के.पी. ओलीले राष्ट्रलाई समुन्त बनाई लोडसेटिङ्क, ईन्धन, लगायतका सबै ब्यवस्थाहरु सर्बसुलभ पार्छु भन्दै हुनुहुन्छ भने अर्को तफै परराष्ट्रमन्त्री कमलथापा रबिशंकर मार्फत पैरबी गराई अर्को पैरबीकालागि बेलायत पुगी डेबिड क्यामरुनसंग नेपालको अबस्था सुधार गर्न अनुनय–बिनय गर्दै देश दौडाहा चाकडी गर्दै बेजिङ्क पुग्न त अझ बाँकि नै छ । प्रतिपक्ष नै नभएको प्रजातन्त्र र यो गणतन्त्रले भबिष्यमा नेपालको अबस्था बारे स्पष्ट पुर्बानुमान गर्न सकिन्छ ।
६५ बर्ष भयो राणा शासन अन्त्य भएको नेपाल आज कहाँ पुगेको छ । २००८ सालमै तत्कालिन मन्त्रिमण्डलका मन्त्रि भद्रकाली मिश्रले भनेका थिए यी पहाडीयाहरुलाई बिश्वास गर्न सकित्र , सेना र उच्च पदस्थ कर्मचारीहरुले मात्र पुगेन अब अन्य कर्मचारीहरु प्नि भारतबाटै झिकाउनु पर्यो भनेर । यी कुराहरुको पनि बिश्लेषण हुन आवश्यक छ ।
यो नेपाली शिर उचाली भन्दै अन्धराष्ट्रबादको नारामा ठूला दल र तिनका नेताहरु काले काले मिलेर खाउँ भाले भन्ने उखानलाई चरितार्थ गरेको छ । भारतीय गृह मन्त्रिले केही पहिले भनेका थिए कि नेपालमा भारतीय मूलको एक करोडको बसोबास छ, तर त्यही हाराहारीमा नेपालीहरु प्नि भारतमा आफ्नो जीवको उपार्जन गरि बाँचि रहेको यार्थातलाई नर्कान सकित्र जे जस्तो बसोवास भए पनि शासक र नेता भनाउदाहरु भारतमा गएर लम्पसार परी त्वम शरणम् गर्ने नेपालमा आएर गौरबगाथा सुनाएर हामी सोझा साझा नेपालीको पेट भर्छ कि क्या हो ?
भारतीय गुरु रबिशंकर,लालु होस् वा मणिशंकर ऐय्यर कोई होस् उसको अभिब्यक्तिबाट नेपालीहरु ज्ति हौंसिए पनि दुई देशको राष्ट्रियताको कुरामा उनिहरु भारतीय प्रशान्त तामाङ्क नै हुन्छन् नकि उदित नारायण नेपालका मधेशीहरु संविधान निर्माणमा आफ्नो बिमति दर्शाए पनि उनीहरु भारतीय हुदैनन् । तथा जो कोही भारतीयहरु बिगतमा नेपाली नागरिक भएका छन् उनिहरु पनि बिगतमा शासन गर्दै आएका राज शाही , कांग्रसी शासकहद्वारा नै त नेपाली नागरिक बनाएका होईनन् र ? तर मधेशी नेताहरु पनि बेला मौकामा पद र सरकारमा नपुगेका होईनन् । उनी त आफ्नो पदको संरक्षण गर्न मै तल्लिन रहने गरेको पाईन्छ , र तिनले पनि बिगतका शासकको अनुसरण गर्न खोज्दा मधेशको अधिकार खाज्नेका बिरुद्ध ढाल बने बापतमा उनले त्यो पद र धन कमाउन सकेको यर्थातता सबै सामु छर्लङ्क छैन् र ? जसरी प्रथम राष्ट्रपतिमा गणतन्त्रबादी नेता रामराजा प्रसाद सिंहको उम्मेदबारीको चर्चा हुनासाथ डा. रामवरण यादवलाई अपुताली परेकै त हो नी ।
आज केही बर्ष मात्र भयो मधेशमा यत्रोबिधि मधेशी पार्टीहरु निर्माण भएको तर बिगत बर्षौदेखि राजतन्त्र, प्रजातन्त्र, र नव गणतन्त्रले जसरी नेपाललाई पर निर्भर बनायो अथवा भनौ आफ्नो स्वार्थका लागी भारतमै निर्भर गराई रह्यो । यसकालागि प्रतिपक्षको पनि त कुनै भुमिका रहनु पर्ने होईन र ? जुन गोरु आए पनि कानै चिरेको । त्यसैले अन्त्यमा भत्रु पर्दा नेपालको आजसम्म जुनसकै पनि परिबर्तनमा भारतीय प्रभाव रहदै आएको ईतिहास साक्षी छ ।



