• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

मधेशको मुद्दा लिएर दिल्ली पुगे मधेशी मोर्चाका नेताहरु

मधेशको मुद्दा लिएर दिल्ली पुगे मधेशी मोर्चाका नेताहरु

राजविराज, २० मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटक राजनीतिक दलका नेताहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित केन्द्रीय नेताहरुसँग मधेशको मुद्दाको विषयमा छलफल गर्न दिल्ली पुगेका छन् ।
नेपालको नयाँ संविधान, जारी मधेश आन्दोलन, राज्यद्वारा भइरहेको विभेद, चरम प्रहरी दमन, राज्यको शैलीलगायतका विषयहरुमा जानकारी गराउन मोर्चाका नेताहरु भारतको राजधानी दिल्ली पुगेका हुन् । मधेशी मोर्चाका नेताहरूलाई ताज होटलमा बस्ने व्यवस्था मिलाईएको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र महेन्द्र यादव शनिवारै पटनाबाट एयर इण्डियाको फ्लाइटमा राती ८.३० बजे दिल्ली पुगिसकेका छन् । यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितको टोली काठमाण्डौबाट आइतवार विहान ८.३० बजेको एयर इण्डियाको फ्लाइटबाट दिल्ली पुगेका छन् ।12351267_971790582860174_700139580_n
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु मध्यान्ह १२ बजे जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसँग मधेश आन्दोलनको विषयमा छलफल हुने जनाइएको छ । कांग्रेस आईका नेता करण सिंहसँग अपराह्न ४ बजे, नेता डिपी त्रिपाठीसँग साँझ ५.३० बजे भेंटघाट हुने कार्यक्रम तय भएको छ ।
बजे भारतका विदेशमन्त्री सुषमा स्वराजसँग साँझ ७.३० बजे भेंटघाट तथा भारत सरकारले आयोजना गरेको रात्रीभोजमा मधेशी मोर्चाका नेताहरु सहभागी हुने कार्यक्रम रहेको छ ।
मधेसी मोर्चाका शीर्ष चार नेताले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल कांग्रेसकी अध्यक्ष सोनिया गान्धी लगायत वरिष्ठ नेताहरुसँग भेंटघाट गर्ने कार्यक्रम रहेको छ । मधेसी मोर्चाले भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, मधेश आन्दोलन, राज्यद्वारा मधेशी जनतामाथि भइरहेको दमन लगायतको विषयमा छलफल हुने जनाइएको छ ।12319425_971863399519559_2069343672_n