Top_Header_Right_Add

मधेशीमाथि चरम दमनको विषयमा ध्यानार्षण

मधेशीमाथि चरम दमनको विषयमा ध्यानार्षण

राजविराज । एसोसिएसन अफ नेपलिज मधेशीज इन दि यूकेले नेपालमा मधेशी र थारु समुदायमाथि चरम दमन गरिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।
लण्डनस्थित नेपाली दूतावासमा एक ज्ञापनपत्र बुझाउँदै एसोसिएसनले निर्दोष मधेशी र थारुहरुको आधारभूत मानवअधिकार समेत ख्याल नगरि दमन गरिएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् । एसोसिएसनले उक्त ज्ञापन बेलायती प्रधानमन्त्री, मानवअधिकार संगठन र अन्य अन्तर्राष्ट्रिय संघसंस्था एवं कुटनीतिज्ञहरुलाई समेत दिइएको जनाएको छ ।
सर्वोच्च अदालतले घातक हतियार प्रयोग नगर्न अन्तरिम आदेश दिंदा समेत नेपाल सरकारले दमन गरिरहेको भन्दै त्यस अत्याचार विरुद्ध एसोसिएसनले बिहीबार बेलायती संसद अगाडि प्रदर्शन गरेको जनाएको छ । एसोसिएसनका सचिव पुष्कर पटेलले शुक्रवार एक विज्ञप्तिमार्फत एसोसिएसनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मधेशी र थारु समुदायको वाक स्वतन्त्रता र मानवअधिकार विपरित सरकारको अन्याय विरुद्ध जारी आन्दोलनमा पूर्ण रुपमा साथ दिने समेत जनाइएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer