• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सिरहामा सरकारको विरुद्ध विशाल मानव साङ्गलो (फोटो फिचर)

सिरहामा सरकारको विरुद्ध विशाल मानव साङ्गलो (फोटो फिचर)

राम नारायण पंडित, सिरहा, १६ मंसिर । जारी मधेश आन्दोलनको सम्बोधन गराउन सरकारलाई थप दवाब दिने उदेश्यले बुधवार सिरहामा सरकार विरुद्ध मानव सांगलो प्रदर्शन गरिएको छ ।
तराई मधेशमा तीन महिना भन्दा बढी समयदेखि आन्दोलन जारी रहे पनि सरकारले मधेशको माग सम्बोधन गर्न नाचहेकोले तत्काल समस्याको समाधान गर्न मानव सांगलो प्रदर्शन गरि सरकारलाई ध्यानार्कषण गराइएको हो । सिरहाको पश्चिम सिमाना कमला नदि देखि पूर्वी सिमाना बलान नदिसम्म करिब ५७ किलोमिटर राजमार्गमा विद्यार्थीहरुले मानव साङ्गलो बनाएका छन् । 12342461_10206383322676024_3027723250073544533_n
मानव सांगलोमा निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको साथै शिक्षक, शिक्षिका, क्याम्पस, नर्सिङ क्याम्पस, नागरिक समाज र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरु समेत सहभागी भएका थिए । विद्यार्थीहरुले मधेशको माँग पुरा गर, वर्तमान सरकार मुर्दावाद र प्रहरी दमन बन्द गर जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए । 12314007_10206383323956056_4590365378431452382_n
विद्यार्थीहरुले सरकारको बिरुद्धमा कडा नाराबाजी समेत गरेका थिए । संयुक्त मधेशी मोर्चा, प्यावसन, एनप्यावसनको आह्वानमा गरिएको मानब साङ्गलो प्रदर्शनमा करिब ५० हजारको सहभागिता रहेको सदभावना पार्टीका केन्द्रिय महासचिब राम कुमार मंडलले बताए । मानव सागलोमा जिल्लाको मिर्चैया, गोलबजार, धनगढी, बन्दिपुुरका साथै ग्रामिण क्षेत्रका बिद्यालयहरुका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । मानब सांगलो प्रदर्शन गरेपछि आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुप्रति जिल्लाका बिभिन्न स्थानहरुमा प्रार्थना सभा र श्रद्धाञ्जली सभाको आयोजना गरिएको मोर्चाले जनाएका छन् ।

12312484_851828578264301_1491201546_n

12319705_851828571597635_687852657_n