
वीरगंज,१४ मंसिर । जारी मधेस आन्दोलनको क्रममा गोली लागि गम्भिर घाईते भएका मन्सी पटेलको परिवारलाई बगहीवासीले सहयोग गरेका छन् ।
पर्सा जिल्ला गाबिस बगही वडा नम्वर–३ निवासी मन्सीलाई संबिधान घोषणा भएकै दिन अर्थात असोज ३ गते प्रहरी र प्रर्दशनकारी बिच वीरगञ्ज स्थित माईस्थान चौकमा झडप हुँदा गोली लागेको थियो । गोली लागेपछि वीरगंजमा उपचार सम्भव नभए पछि काठमाडौं स्थित वीर अस्पतालमा हालसम्म उपचार भईरहेको छ ।
उनलाई पिठ्यु , छाती र ढाडको भागमा गोली लागेको थियो । उनको उपचार संलग्न चिकित्सकका अनुसार मेरुदण्ड र ढाडको अवस्था निकै नै जोखिमपुर्ण रहेको परिवारका सदस्यले बताएका छन् । जिउँदो शहीद मन्सी पटेलको परिवारीक अवस्था दयनिय रहेकोले टोलका स्थानिय अगुवाहरुको सहयोगमा ३ सय केजी चामल उनको परिवारलाई सहयोग गरिएको टोली नेता गेनालाल पटेलले बताए ।
टोलीमा जयनारायण राउत कुर्मी, देवनाथ राउत, ध्रुव राउत, ललन पटेललगायतको सक्रिय सहभागितामा संकलित चामल बितरण गरिएको थियो । टोलीले मधेसी मोर्चाका नेताहरु लगायत सम्पूर्ण सरोकारवालाहरुसँग जिउँदो शहीदलाई सक्दो सहयोग गर्न आग्रह गरेको छ ।



