• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘छलफल गर्न उपस्थित हुनु’ ठाडो शब्दः संघर्ष समिति

‘छलफल गर्न उपस्थित हुनु’ ठाडो शब्दः संघर्ष समिति

स्वास्थ्यकर्मीहरुको आन्दोलन सातौ दिन पनि जारी

राजविराज, १२ मंसिर । चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि भएको कुटपीट एवम् दुव्र्यवहार घटनाको विरोधमा जारी आन्दोलनको विषयमा सम्वन्धित निकायले वास्ता नगरेको भन्दै पेशागत संघ–संगठनहरुको संयुक्त संघर्ष समितिले दुःख व्यक्त गरेको छ ।
संघर्ष समितिकी संयोजक डा. दीपा यादवले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुको मागप्रति सुनुवाई नभएको भन्दै दुःख व्यक्त गरेकी हुन् । आफूहरुको माग सुनुवाई हुनुको साटो जिल्ला प्रशासन कार्यालयबाट मेडिकल सुपरिन्टेन्डेन्टलाई सम्बोधन गरी ‘त्यहाँ के भएको हो ? छलफल गर्न उपस्थित हुनु’ भन्ने ठाडो शब्द प्रयोग गरी उपस्थित हुनुपर्ने मिति र स्थान समेत उल्लेख नगरी परिपत्र हुनु भनेको सम्बन्धित निकायलाई कुनै चासो नरहेको डा. यादवद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।DSC04059
आफूहरुका मागहरु सम्बोधन गर्नसक्ने गरी अधिकार लिई धर्नास्थल गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा अधिकारसम्पन्न अधिकारी आई छलफल गरी अविलम्ब माग सम्बोधन नगरेसम्म संघर्षका कार्यक्रम नरोकिने उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ ‘सशक्त रुपमा संघर्ष गर्ने र देशभरिका सम्पूर्ण जिल्लामा संघर्षका कार्यक्रमहरु हुनसक्ने समेत जानकारी गराउन चाहन्छौं ।’ जिल्लाभरीका चिकित्सकसहित सम्पूर्ण स्वास्थ्यकर्मीहरु आन्दोलनरत रहेका कारण विगत ६ दिनदेखि संघर्षरत रहेका कारण आफूहरुका जायज मागहरु पुरा गराउन पहल गरिदिन सम्पूर्ण पेशाकर्मी संघ, संगठन, महासंघका केन्द्रीय समितिलाई समेत उनले आह्वान गरेकी छिन् ।
जिल्लाभरिका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनलाई निरन्तरता सोमवारदेखि निरन्तरता दिँदैआएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीसहित कर्मचारीहरु विहीवारदेखि धर्नामा बसेका छन् ।