• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

प्रहरीको कायरतापूर्ण शैली विरुद्ध अञ्चल अस्पतालको सम्पूर्ण सेवा बन्द

प्रहरीको कायरतापूर्ण शैली विरुद्ध अञ्चल अस्पतालको सम्पूर्ण सेवा बन्द

सप्तरी अपडेट, ६ मंसिर । प्रहरीको अराजक एवम् गुण्डागर्दी शैली विरुद्ध राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुले आइतवारदेखि सम्पूर्ण कामकाज ठप्प गरेको छ ।
अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. दीपा यादवले अस्पतालको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको सम्पूर्ण कामकाज ठप्प पारेको जनाएकी छिन् । डियुटीमा रहेका कर्मचारी, प्रशासन, चिकित्सक, चिकित्सकीय आवाससमेतमा गुण्डागर्दी पाराले प्रहरीबाट निर्ममतापूर्वक कुटपीट गरी छातीमा गोली तेस्र्याई मार्ने धम्की दिनुका साथै मरणासन्न अवस्थामा पुर्याएको विज्ञप्तिमा उल्लेख छ ।
कुटपीटबाट ल्याब टेक्निसियन विश्वनाथ मण्डल, अहेवहरु रामकुमार दियाली, रामकुमार यादव, सुबोध मेहता, राजाराम यादव, रजनिकान्त चौधरी, र देवानन्द मण्डल प्रहरीको कुटपीटबाट घाइते भएको अस्पतालले जनाएको छ । निमित मेसु डा. यादवले अस्पतालका सम्पूर्ण कर्मचारी, प्रशासन तथा चिकित्सकको तर्फबाट उक्त घटनाको घोर भत्र्सना गर्दै आजकै मितिदेखि अस्पतालको सम्पूर्ण काजकाज ठप्प पारेको जनाइएको छ । bigyapti
प्रहरीले करिब साढे नौ बजेको समयमा हातहतियारसहित प्रवेश गरी अस्पताल परिसर तथा क्वाटरहरुमा पसेर चिकित्सकसहित कर्मचारी तथा कुरुवाहरुलाई समेत कुटपीट गरेका छन् । अस्पतालबाट फर्किने क्रममा प्रहरीले डा. टेकनारायण मण्डलको क्लिनिकको ढोका फोडेर भित्र पसी जचाउन आएका सर्वसाधारणलाई कुटपीट समेत गरेको पीडितहरुले जानकारी दिएका छन् ।
यसैबीच आफ्ना घाइते सहकर्मीहरुलाई उपचार गराउन आएका आन्दोलनकारी तथा घाइतेका आफन्तजनलाई समेतलाई प्रहरी कुटपीट गर्न थालेपछि आक्रोशित जनसमुदायले जिल्ला प्रहरी कार्यालयको गाडीमा तोडफोड गर्दै आगो लगाउने प्रयाससमेत गरेका थिए ।