
राजविराज, ५ कार्तिक । स्वतन्त्र मधेश गठबन्धनद्वारा शान्तिपूर्ण स्वराज जागरण अभियानका क्रममा सप्तरीको सिम्राहा–सिंगियोन गाविस स्थित शान्ति चौकमा शुक्रवार जनसभाको आयोजना गरियो ।
उक्त क्षेत्रका वासिन्दाहरुको व्यापक सहभागिता रहेको जनसभामा गठबन्धनका केन्द्रीय सदस्य डा. विरेन्द्र यादवले गठबन्धनको उद्देश्य तथा शान्तिपूर्ण आन्दोलनबाट मधेशमुक्तिलगायतका विषयमा प्रष्ट्याए । कार्यक्रममा सहभागी जनसमुदायले राखेको जिज्ञासाको समाधान समेत उनले गरेका थिए ।
सभामा सप्तरीका संगठन विभाग प्रमुख सुरेन्द्र मधेशी, जिल्ला प्रचार–प्रसार विभाग प्रमुख चन्देश्वर मण्डल ‘किसान’, जिल्ला स्वयंसेवक प्रमुख मनोज यादव, ऋतिक मधेशी, तीर्थ यादव, स्थानीय स्वयंसेवक श्रवण शर्मा, गणेश मण्डल (धौनकी),
शैलेन्द्र यादब, पप्पु यादब भुपेन्द्र यादब (सिम्राहा), मनोज ठाकुर, बिनोद यादब, चुनाई साह रामबिलास साह (सिंगियौन) राम नारायण साह (लालापट्टी) पवन यादब (कनकट्टा) रामचन्द्र देव (बेल्हा) लगायतका गाउँबाट सहभागी स्वयंसेवकसमेतले जिज्ञासा राखेका थिए । जनसभा स्थानीय गठबन्धनका कार्यकर्ता लाल महमदको अध्यक्षतामा आयोजना गरिएको थियो ।



