• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
ट्रफीमाथि युथ एकेडेमीको कब्जा

राजबिराज, ३० कार्तिक । ड्रिम नेपाल अन्तर क्लब जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तरगतको सोमवार सम्पन्न अन्तिम तथा फाइनल खेलमा युथ एकेडेमी राजविराजले सबल नेपाललाई रोमाञ्चक खेलमा ७ रनले पराजित गर्दै ट्रफीमाथि कब्जा जमाउन सफल भएको छ ।

सप्तरी सुपर किंग्स, लायन्स एकेडेमी र योग ११ बरहि बिरपुुरको संयुक्त आयोजना तथा सप्तरी क्रिकेट संघ र जिल्ला खेलकुद बिकास समितिको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । युथ एकेडेमीले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ९ बिकेटको नोक्सानीमा १ सय ३१ रनको योगफल तयार पारेका थिए । युथ एकेडेमीका लागि अमित यादवले ३२, जय चौधरी १८, जय चौधरी १८, बिवेक यादव १५ तथा जय चौधरीले १८ रनको योगदान दिएका थिए ।
बलिंग तर्फ सबल नेपालका पुष्पेन्द्र झा र शैलेन्द्र मण्डलले सामान २ बिकेट तथा बिजय मण्डल र बिकास दासले सामान १ बिकेट लिएका थिए । १ सय ३२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सबल नेपालले २० ओभरमा आफनो सम्पुर्ण बिकेट गुमाई १ सय २४ रन मात्र बनाउन सकेपछि हार ब्योहोरेको थियो ।
सबलका लागि अविनाश कर्णले ४६ बलमा ८ चौक्काको मदतले ५८ रन तथा डिकराज परियार र बिजय मण्डलले क्रमशः २० र १३ रनको योगदान दिए । बलिङ्गतर्फ युथ एकेडेमीका जय चौधरीले ३ तथा जितेन्द्र यादव र बिवेक यादवले सामान १ बिकेट र अशन जमलले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच युथ एकेडेमीका जितेन्द्र यादव घोषित भए ।
प्रतियोगिता अन्र्तगत प्रभावशाली प्रर्दशन गरे वापत युथ एकेडेमीका असन जमललाई प्रतिभावान खेलाडिको रुपमा सम्मान गरियो भने । उत्कृष्ट बौलर सबल नेपालका बिकास दास, उत्कृष्ट ब्याट्स्म्यान युथ एकेडेमीका जय चौधरी तथा प्रतियोगिताका उत्कृष्ट खेलाडि योंग ११ बरहि बिरपुरका उपेन्द्र राय घोषित भएका थिए ।
बिजेता तथा उप–बिजेता खेलाडि र ब्यक्तिगत पुरस्कार प्राप्त खेलाडिलाई प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समितिका प्रमुख लक्ष्मण मण्डल, ड्रिम नेपालका सम्पादक सन्तोष चौधरी, राष्ट्रिय क्रिकेट एकेडेमीका प्रशिक्षक दिपेन्द्र चौधरी, सप्तरी क्रिकेट संघका सदस्य आयुश श्रेष्ठ लगायतले प्रमाण–पत्र तथा ट्रफी बितरण गरेका छन् । आयोजक समितिका संयोजक तिर्थ नारायण रायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सदस्य रवी रायले गरेका थिए ।