• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

कबकब ओलीके बोली माथामे मारे छातीमे मारे शासक ई गोली

कबकब ओलीके बोली माथामे मारे छातीमे मारे शासक ई गोली

श्यामसुन्दर यादव /बोलीका कारण बेलाबेलामा चर्चामा आइरहने नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला मधेशी जनताका बीच अत्यधिक चर्चित भएका छन् । प्रहरीले चलाएको गोलीबाट आफ्न्त गुमाउँदाको पीडा तथा निन्तरकोे चरम प्रहरी दमन खेप्दैआएको अवस्थामा ओलीले मधेश आन्दोलन तथा मधेशी जनताको विषयमा गर्ने गरेका टिप्पणीले गर्दा आन्दोलनमा उर्जा थप्ने काम भइरहेको छ ।
प्रधानमन्त्रीको कुर्सीमा बसेर मधेशी जनता र मधेश आन्दोलनलाई सम्बोधन गर्नुका साटो पछिल्लो अभिव्यक्तिहरुले गर्दा काठमाण्डौ र मधेश बीचको दुरी बढाउने काम भइरहेको छ । यस्तै गरमागरम माहौलका बीच शोषण, दमन एवम् उत्पीडन विरुद्ध नयाँनयाँ आन्दोलन गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा पछिल्लो समय प्रधानमन्त्री ओलीको बोलीसमेतको चित्रण गरिएको मैथिली गीत अत्यधिक चर्चामा आएका छन् ।
ओलीके बोली कबकब ओलीके बोली,
माथामे मारे छातीमे मारे शासक ई गोली
अर्थात ओलीको बोली कोक्याउने गर्छन् । शासकवर्गले हाम्रा टाउको र छात्ती ताकेर गोली हानिरहेका छन् । मधेश आन्दोलनको विषयमा ओलीले दिने गरेका अभिव्यक्ति तथा राज्यले टाउका र छातीमा गोली हान्ने गरेको पीडा उक्त गीतमा अभिव्यक्त भएको छ । जनकपुरका गीतकार अशोक दत्तले रचना गरेको उक्त गीतमा सञ्जय यादव र शिवानीको कर्णप्रिय स्वर रहेको छ ।
नेपाली भाषाको चर्चित लोकगीत रेसम फिरिरी रेशम फिरिरी….गीतको प्यारोडी धुनमा गाइएको छ । नेपाली लोकभाकामा मधेशको पीडा एवम् उत्पीडनका कुराहरु उल्लेख रहेको उक्त गीत यतिबेला मधेश आन्दोलनका साथै घर–घरमा गुञ्जिने गरेका छन् । हालैमात्र सार्वजनिक भएको उक्त गीत बालकदेखि बृद्धसम्मको जनजिब्रोमा बस्न सफल भएको छ ।
मधेशीके गुलाम बुझि कए करैय बलजोरी
आउ सबकेओ मिलजुलि गुलामीके जिजीर तोडी
मधेशी जनतालाई गुलाम बुझेर जबरजस्ती दमन गरिरहेको छ । यस्तो खालको दमन एवम् उत्पीडनको गुलामी जञ्जीरलाई सबैजना मिलेर तोड्न आह्वान गरिएको उक्त गीतमा ।
मधेशक भूमी अपन अछि एक इन्च न छोडी
खण्डित भाव नै केकरो हुवे सब मिलक जोडी
मधेशको भूमी हाम्रो हो । एक ईञ्च पनि यसलाई गुमाउनु हुँदैन । मधेश टुक्राउने कसैले कदापि नगरौं, सबै मिलेर जोडनुपर्ने भावना गीतमा अभिव्यक्त भएको छ ।
बन्हकी पडल अधिकार जे आउ मिलेके चिन्ही
के अछि अपन आन अछि के अहिबेर चिन्ही
वर्षौदेखि बन्धकमा परेको मधेशी जनताको अधिकारको विषयमा सबैले पहिचान गरौं । को आफ्नो र को बिरानो हो ? भन्ने कुरा यतिबेलै राम्रोसँग चिन्नुपर्ने चेतना समेत गीतमार्फत दिन खोजिएको छ ।
शोसकके शासनके अई बेर उखाइड जैर स’ फेकी
कपटी खसके जाल झेलस इहे मौका अछि चेती
शोसकहरुको शासनलाई यतिबेलै जरादेखि नै उखेलेर फाल्नुपर्छ । कपटी खस शासकको जालझेलमा नपरी यहि मौकामा मुक्तिकालागि सशक्त सशक्त संघर्ष गर्नुपर्ने चेतना गीतमा प्रस्फुटित भएको छ ।
हुनत विगत तीन महिना यता करिब दुई दर्जन जति मधेश आन्दोलन सम्बन्धि गीतहरु सार्वजनिक भएका छन् । यद्यपी पछिल्लोपटकको ओलीके बोली…गीतले पाएको जति चर्चा पाउन सकेको छैन ।
आन्दोलनलाई थप उर्जा दिने खालका गीतहरु सर्वाधिक धनुषा र सप्तरीबाट अत्यधिक गीतहरु बजारमा आएके छन् । सप्तरीकी करुणा झा, राघव झा तथा जनकपुरबाट अशोक दत्त, बृषेशचन्द्रका गीत रचना अत्यधिक चर्चित भएको छ । यस्तै सञ्जय यादव, कैलाश झा, बीरेन्द्र झा, रोशन मण्डल, देबेन्द्र सोनीलगायतका गायकहरुका गीतले आन्दोलनमा उर्जा प्रदान गरिरहेका छन् ।