• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चाँडो समस्या समाधान गर्न भारतीय राजदूतको आग्रह

चाँडो समस्या समाधान गर्न भारतीय राजदूतको आग्रह

काठमाण्डौ, २४ कार्तिक । नेपालका लागि भारतीय राजदूत रणजित रेले नेपालको मधेशमा देखिएको समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले काठमाण्डौमा आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो कुरा बताएका हुन् । राजनीतिक समस्याको समाधान वार्ता र संवादबाटै खोजिनुपर्नेमा जोड दिँदै नेपाल–भारत सीमामा देखिएको समस्याले दुवै देशलाई हित नगर्ने उनले बताए । जतिसक्दो चाँडो समस्याको समाधान गर्न राजदुत रेले सरकारको ध्यानाकर्षण गराए ।
नयाँ परिस्थितिमा दुई देशको सम्बन्ध नयाँ ढङ्गले विस्तार गर्न चाहेको उल्लेख गर्दै उनले सबै पक्षको भावनालाई संविधानमा समावेश गर्नुपर्नेमा जोड दिए । संविधान जारी हुँदा नेपालका सबै समुदायले न्याय पाउनुपर्नेमा जोड दिँदै राजदुत रेले आन्दोलनरत दलको माग सम्बोधन भए सहज वातावरण बन्ने विश्वास व्यक्त गरे । राजदूत रायले चाँडो आपूर्ति सहज हुने भन्ने आशयको समाचार आफूसँग जोडेर केही सञ्चारमाध्यममा आएको भन्दै त्यस्ता समाचारमा कुनै सत्यता नरहेको बताए ।