Top_Header_Right_Add
Crona Awareness

मधेश आन्दोलनप्रति मैथिली साहित्यकारहरुको ऐक्यवद्धता

मधेश आन्दोलनप्रति मैथिली साहित्यकारहरुको ऐक्यवद्धता

काठमाण्डौ, २४ कार्तिक । ‘वर्तमान राजनीतिक सन्दर्भ र मैथिलीको भविष्य’ विषयक साहित्यिक गोष्ठि शनिवार काठमाण्डौमा आयोजना गरियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य रमेश रञ्जन झाको अध्यक्षता तथा प्रा.डा. राम अवतार यादवको प्रमुख आतिथ्यमा उक्त साहित्यिक गोष्ठिको आयोजना गरिएको हो । साहित्यिक गोष्ठीमा रूपा झा, विनीत ठाकुर, प्रा. विजय दत्त र श्याम शेखर झालगायतका दर्जनौ मैथिली साहित्यकारहरुले मधेश आन्दोलनको समर्थनमा मधेशका विभिन्न भावना समेटिएका साहित्यिक सृजनाहरु प्रस्तुन गरेका छन् ।
कार्यक्रममा साहित्यकार धीरेन्द्र प्रेमर्षिले मन्तव्य व्यक्त गर्दै राज्य मैथिलीप्रति पूर्वाग्रही रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. राम अवतार यादवले मधेश र मैथिली दुवै संकटपूर्ण अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा पनि मैथिली जीवित रहेको बताए । मैथिलीको लागि कसले कति काम ग¥यो भन्दा गरेको कामको स्तरीयता महत्वपूर्ण भएको भनी विचार प्रस्तुत गरे । कार्यक्रमको ब्यवस्थापन निराजन झा र आयोजन तथा सञ्चालन गजलकार कुन्दन कुमार कर्णले गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।