• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पानी पुरी खाने केटीको चर्चा

संगीतमा स्थापित हुने प्रयासमा रहेका गायक आशिष बोहराको गीत पानी पुरी खाने केटीको लोकप्रियता बढ्दै गएको छ । युवापुस्ताको मन छुने र अहिलेको समाजसँग मिल्ने भाव गीतले बोकेकाले स्रोताले मन पराएको गायक बोहोरा बताउछन । गीतमा रवि मल्लको शब्द तथा सँगीत रहेको छ । गीतको म्युजिक भिडियोलाई पनि दर्शकले निकै मन पराएका छन ।

भिडियो बिभोर पोखरेलको निर्देशनमा बनेको हो । स्वर्णिम र लिन्दाको अभिनय रहेको भिडियो अनिल के मानन्धरले खिचेका हुन भने जीवन थापाले सम्पादन गरेका हुन।
गीतको अडियो भिडियोलाई भाइब्ज क्रियशनले बजारमा ल्याएको हो । गीतलाई छोटो समयमा नै दर्शक स्रोताले राम्रो रुचाएको भाइब्जका सञ्चालक परशुराम रिजालको भनाई छ । उनले गायक आशिष बोहरामा पनि गाउने अदभुत क्षमता रहेको बताए ।