पक्राउ परे किर्ते नागरिकता बनाउने गिरोह

पक्राउ परे किर्ते नागरिकता बनाउने गिरोह
Bwtech New Add With Software & Bull SMS

राजविराज, २१ कार्तिक । राजविराज नगरपालिका क्षेत्रभित्र किर्ते नेपाली नागरिकता बनाउने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले राजविराज–४ स्थित दिप साजन लजमा बसेर किर्ते नागरिकता बनाउने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । किर्ते नागरिकता बनाउने कार्यमा संलग्न छिन्नमस्ता गाविस वडा नम्वर–५ का ५२ वर्षिय वकील झा, कुशहा गाविस–९ का राजेन्द्र प्रसाद चौधरी, तिलाठी गाविस–३ का चादु चन्द मिश्रा, भारत घर भई हाल बुटबल १३ बस्ने संजिव मियाँ, र बुटबल ३ बस्ने अकबर साह रहेका छन् ।
उनीहरुको साथबाट नेपाली नागरीकता बनाउन प्रयोग हुने कार्ड, जिल्ला प्रशासन कार्यालय सप्तरीको छाप, प्रशासकिय अधिकृतको छाप, रजिष्ट्रर लगायतका कागजात नगद १५ हजार समेत बरामद गरिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । किर्ते नागरिकता बनाउने संलग्न थप अभियुक्तहरुको खोजी कार्य तथा अनुसन्धान भइरहेको उनले बताए ।1

भारत घर भई हाल बुटवल बस्ने संजिव मियाँले यसअघि २०७० सालमा आफू र भाइ जमशेर मियाँको नाममा प्रति व्यक्ति ५० हजार रुपैयाँका दरले रकम लिएर नेपाली नागरिकता सोही गिरोहको माध्यमबाट बनाईसकेको खुल्न आएको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार सोही गिरोहबाट नागरिकता बनाउन पुनः निज सञ्जीव मियाँसँग भारतीय नागरिक अकबर साह राजविराज आएका थिए ।
अकबर साहको नागरिकता बनाउन रु. ६० हजारको कुरा भई रु. १५ हजार रुपैयाँ समेत वकिल झाले लिएको खुल्न आएको छ । किर्ते नागरिकता तयार गर्ने गिरोहका अन्य व्यक्तिहरुको पहिचान भईसकेकोले उनीहरुको खोजतलास जारी रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *